~बिभोर बराल~
बिरह हैन खुसीको गीत गाउने भए आऊ
सँगै मिली हाँसोको खोला बगाउने भए आऊ
इच्छा छैन मलाई तिम्रा चोट केलाउने
चहर्याउँदो मेरो घाउमा मल्हम लगाउने भए आऊ
यो मन भित्रभित्रै दन्किरहेको बेला
झुठै होस्, पानीको कथा सुनाउने भए आऊ
आँसुको जंघार तर्न पूरा जीवन बाँकी छ
केही छिन सुखको बादलमा हराउने भए आऊ
नयाँ चोटकोलागि यो मनमा ठाउँ छैन
प्रितीको एउटा प्यारो गुलाफ फुलाउने भए आऊ
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)