~अलका मल्ल~
मेरो मायालुले पनि सायद
मलाई सम्झि रहेको होला
मैले झै धरधरी एकान्तमा
आँसु बगाई रहेको होला
बालापनको चञ्चलतामा
उसलाई केहि भन्न सकिन
नजानेरै उसले पनि सायद
मलाई खोजि रहेको होला
मौनतामा अल्झिएर मैले
मनका कुरा पोख्न सकिन
मेरो मनमा जे थियो सायद
उसको मनमा पनि होला
संगै खेली रमेका दिनहरुले
सम्झेर दिनहुं झस्काइ रह्यो
उसलाई पनि सायद मलाइझै
यसरीनै तड्पाइ रह्यो होला
बित्दै गएको दिनहरु संगै
सम्झना गहिरिंदै गयो होला
मेरो मायालुले पनि सायद
मलाई खोजि रहेको होला
-कान्तिपथ, काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )