~दीपक कुमार ज्ञवाली~
भुवासरी वादल क्षीतीजमा उडेको
कान्छीको मुहार पूर्णचन्द्र झैं टल्केको
हा हा पूर्णचन्द्र झैं बैंश फक्रेको मुहार कति खुलेको
उजागर आकांक्षा म भएँ पागल
सजाऊँ कि सिंउँदोमा त्यो रातो सिन्दूर
टिपूँ टीपूँ झैं लाग्दछ त्यो रातो गुलाब
भमरा बनेर चुसौं कि त्यो रस
लागे छ शरद कराङ कुरुङ आवाज
पंङ्क्तीवद्ध भएर उडेका मालचरा
पखेटा भए त उडाईलान्थे स-र-र
भुवासरी वादल क्षितीजमा उडेको
कान्छी को मुहार पूर्णचन्द्र झैं टल्केको
अधरको मुस्कानले हान्यौ दिलमा
गोली त सहन्थे सहन सकीन मुस्कानको प्रहार
ननुहाईदेऊ मलाई अधरको मुस्कानले
चोखो छ शरिर लबालब प्रेमरसले
नहेर मलाई त्यो कर्के नजरले
पर्खी बसेकोछु तिम्रो जवाफ
पर्खन्न समयले डुब्न थाले जुनतारा
पर्खन्न यौवनले मुर्झाउने छ अब त
खुलै छ हृदय खुलै छ मूलद्धार
आएर पसीदेऊ
उज्यालो हुनेछ मायाकोे संसार
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )