~रिजाल किरण~
छन्द : बहरे खफिफ
आज मेरो मनमा कुरा छल्किदैछ ।
सम्झना त्यो काडाँ बनी तड्पिदैछ ।
निष्ठुरीको ढुङ्गा समान मुटुले यो
चोट तीखो छाती भरी बर्सिदैछ ।
गोधुलीका मीठा पल सम्झनाले
आज यो मन एकान्तमा झस्किदैछ ।
चित्र तिम्रो मेरो मुटु मा सजेको
खील बन्दा आज यो हिया चस्किदैछ ।
दु:ख पर्दा तिम्रो समीप मा म हुन्थे
आज मेरो छाया पनि तर्किदैछ ।
-विराटनगर -१
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )