~आशांक उपाध्याय~
चाहनाको मास अनि, पिरतीको दिन थियो ||
तिमीलाई भेटें जब, चन्द्र शीत हिन थियो ||
गगनका तारा सबै, तिम्रो रुप भरि खुल्थे,
सुवासिलो सुन्दरता, साह्रै नै ल’च्छिन थियो ||
नजरका दुई ढिक्का, नीर कति स्वच्छ थिए
चोरी चोरी लजाउँदै, हेर्ने मिठो छिन थियो ||
सुरिलो त्यो आवाजमा, कोइलीको स्वर अनि,
सुनकेश्रा ओठ भरि, मुस्कान रं’गीन थियो ||
कपास झैं मुलायम, हात तिम्रो समाउँदा,
समर्पित तन तिम्रो, मेरो नै अ’धिन थियो ||
– सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)