~राजेन्द्र चोथाले~
खै कस्तो सहारा यो, एक्लोपन बढाईदिने
खै कस्तो नसा हो यो, निन्द्रा नै भगाईदिने |
बाहिर छ कुहिरो, छ भित्र जलेको मन
सिरेटो जति चल्छ, जल्छ मन अझै दनदन
खै कस्तो हो मौसम यो, निरासा जगाईदिने |
खोजे तर भेटिन, कहाँ छु हिजोको म
किन पाउछु आफैभित्र, आसुले भिजेको म
खै कस्तो माया हो यो, हासो नै हराईदिने |
(स्रोत : रचनाकारको ब्लगबाट सभार)