गजल : पौडिउँ जस्तो लाग्यो

~राजेन्द्र चोथाले~

तलाउमा त्यो मनको पौडिउँ जस्तो लाग्यो
आज तिमीलाई सिंगो मन दिउँ जस्तो लाग्यो |

कसैले तिमीलाई को हो भनेर सोद्दा
तिमीलाई आफ्नो मान्छे भन्दिउँ जस्तो लाग्यो |

होइनौ तिमी चन्द्र न त हु मै समुन्द्र
तर त्यो रुप देख्दा उर्लिउँ जस्तो लाग्यो |

सक्ने भए आफैलाई गुच्छा बनाई फुलको
त्यो चुल्ठीमा सुटुक्क सिउरिउँ जस्तो लाग्यो |

सधै सबैको सामु गम्भीर बनेर बाचे
तिमीसामु आज बच्चा बन्दिउँ जस्तो लाग्यो |

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.