गजल : नरुनु तिहारमा

~आशांक उपाध्याय~

यसपाली पनि आएन भनी नरुनु तिहारमा,
जुरेन दिदी तिहारको टिका यसपाली निधारमा !

परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यो मन,
मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा !

साँझमा टुकी बालेर दिदी कुर्दी हौ मूलबाटो,
आउनेछ भाइ लगाउछु टिका भनेर निधारमा !

लक्ष्मीको पूजा गरेर पनि साँझको बेलामा,
भाईको रक्षा गरिदेऊ भनी माग्दिहौ बरदान !

चाहना मैले नराख्या हैन यसपाली आउनलाई,
सकिन मैले ल्याउन ख़ुशी तिम्रो त्यों मुहारमा !!

– सर्लाही, जनकपुर, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.