~दीपक कुमार ज्ञवाली~
चपल चञ्चल मृदुल नयन उघारी ।
शरिरका अबयवहरु सुक्ष्म निहारी
गौरबर्ण पुष्टवदन छौ अप्सरासरी
बर्णन कति गरुँ हाय सुन्दरी ।
पुलकित पुलकीत अधर चाल हेरी ।
मृगनयनी ,गजराजले पाद चलाए सरी
ढप्प छाप पयरका रज लगाउँ माथमा
इश हौ कि , परी यस कलियुगकी
मन्त्रमुग्ध बिमुग्ध सपना कि बिपनासरी
जागा कि अर्धनिद्रा चिमोट्छु घरि घरी
सुन्दर धर्तिलाई गरी बिभुषण
निकट आउँ कि लगाई सुन्दर आभुषण
कञ्चल नयन पुस्टवदन अप्सरासरी
थाक्दै नथाक्ने नयन निरन्तर हेरुँहेरुँ गरी
कोरीबाटी लरक्क लरक्क बाबीयोसरी
अप्सरा हौ कि तिमी यस लोककी परी
सुन्दर ललाट टलक्क टल्कने चन्द्रमासरी
मृदुलनयनी हर्छ्यौ कि हृदय मोरी
थाक्दैन नयन फर्फर दोपट्टा फर्फराएको हेरी
लरक्क लर्केको आँचल पलपल हेरी
मनमोहीत हुन्छ अ ह हा यस लोककी परी
कुन पापले बस्न पाईनौ स्वर्गमा तिमी
होईन सत्य त्रेता द्धापर यो त हो कलि
कलिमा झरिन सुन्दर मखमली परी
म मानव, मानव बन्न नसक्ने मानव जुनी
कसरी थामूँ पल पल झर्ने दोपट्टा हेरी
शिल्पीले कुँदेको सुन्दर शिल्पकला हेरी
म त झन् झन् मोहीत भएँ हाय सुन्दरी
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )