छन्द कविता : स्वदेशमा

~रिजाल किरण~

छन्द : अनुष्टुप

कैले हावा हुरी कैले ,चलेकै छ स्वदेशमा
साना ठूला कुराले नै,गाजेकै छ स्वदेशमा ।
कुर्लेकाछन् सधै ठालु ,ताउ दिदै विकासको
पिएकैछौ अझै पीडा , ठाउँ दिदै निकासको।।

कुरो मात्र सधैं ठूला ,प्रगतिमा छ शून्यता
कुर्सी मात्र भए यिन्का ,जीवनको अभिन्नता ।
चट्टा बट्टाहरु मात्र ,बढेकाछन् सधै अधि
अकूत दौलतै भर्ने ,होडबाजी भयो अति ।।

चिर निन्द्रा सुतेको छ ,मस्त सत्ता जमेर पो
घचघच्याइ जैले यो ,नौनाडी नै गलेर गो ।
हर्षै हर्ष बढेकोछ ,यहाँ दानव मातमा
लुछाचुँडी गरे प्यारो यो मातृभूमि आतमा ।।

-विराटनगर -१

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.