गीत : लहर हो लोग्नेमान्छे

~किरण खरेल~

लहर हो लोग्नेमान्छे, ऊ नजिक आउन सक्छ
किनाराहरू अँगाली छोडेर जान सक्छ

उसको निम्ति माया आवेश हो नदीको
उसको निम्ति प्रीति संयोग हो खुशीको
ऊ अनुभवी बनेर सब वाचा भुल्न सक्छ
कोमल स्वास्नी मान्छेलाई मायाले छल्न सक्छ

अनेक पाप मनमा साँचिरहेको हुन्छ
विश्वासघात गर्दै हाँसिरहेको हुन्छ
हजार रूप लिएर ऊ चोखो बन्न सक्छ
अर्काको मुटुलाई ऊ ढुङ्गा भन्न सक्छ

रचना : किरण खरेल
सङ्गीत : शिवशङ्कर
स्वर : तारादेवी
एल्बम : तारादेवीका आधुनिक गीत

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.