कथा : मन दिन्न

~संजय गौतम~

भर्खर पन्र्ध वर्ष पुरा गरेर सोह् बर्ष लागेकि मन्दीन्ना आइरन गेट भनिने एस.एल. सी. को परिक्षामा विद्यालयबाट सर्वोकृट अंक ल्याएर बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेकी थिई । चार दाजुहरुकी एक्ली कान्छि बहिनी मन्दीन्ना आलम एस. एल. सी. सकेर काठमाडौं गएर ‍+२ साइन्स पढी, एम.बी. बी.एस. पढेर डाक्टर बन्न चाहन्थी । छ कक्षामा पढ्दै, आमालाई निमोनियाको लक्षण देखिदा, डाक्टरकोमा जान नमानेको र घरबाट पनि आमालाई डाक्टरकोमा लान् खासै चासो नदेखाएकाले आमा वितेको, उसले आफ्नै आँखाले देखेकी थिई । त्यसैले, आफु डाक्टर बनेर, आफ्नो आमा जस्तै अन्य कयौ आमा तथा अन्य मानिसहरुलाई सेवा गर्ने र आमाको नाममानै एउटा अस्पताल खोल्ने अठोट त्यही समयबाट लिएकी थिई । उसको घरमा स्त्री  जाति उ र उसकी ठुली भाउजु मात्र थिए ।  चार दाजुभाई मध्ये जेठो दाजु मलेसियामा थिए, माईला दाजुले बाबुको टेलर्स समालेर बसेका थिए भने साइला र कान्छा दाजुले वैङ्लोरमा इन्जिनियर पढ्दै थिए । मन्दीन्नाका बुबा निकै कडा र आफ्नो धर्ममा अलि कट्टर स्वभाबका थिए । मन्दीन्नाले तीनवटा सर्त मानेर मात्र काठमाडौं गएर पढ्न पाउने भई । पहिलो सर्त कलेको होस्टेलमा बसेर पढ्नुपर्ने,दोश्रो कसैसँग प्रेम गर्न नपाउने र तेस्रो जे जति पढेपनि उसको बाबुले भनेकै समयमा र बाबुलेनै रोजेको केटासँग विवाह गर्नुपर्ने ।

मन्दीन्नाले तीनवटै सर्तमा मन्जुरी जनाई । उसलाई काठमाडौंको नाम चलेको कलेजमा माईला दाजु आएर भर्ना गरिदिए  र सोही कलेजको होस्टेलमा राखेर परासी,घर फर्किए । मन्दीन्नाको रुम पार्टनरको रुपमा पोखराकी चाहना र चितवनकी सुस्मा थिए । मन्दीन्ना आफु नवलपरसीकी थिई । चाहना निकै केटाकेटी स्भावकी थिइ । उ धेरै बोल्थी, पहिला बोल्थी अनिमात्र सोच्थी । उ जति वोल्थी त्यसको आधामात्र काम गर्थी । सुस्मा थोरै बोल्थी तर धेरै सुन्थी । सुस्मा आफुलाई निकै फेसनेवल हुँ जस्तो देखाउन खोज्थी तर उसको जीउँडाल र अध्यारो अनुहारले खासै सुहाउन्थेन । कलेजका दिनहरु सुरु भए । नयाँ कलेज, नयाँ ठाउँ, नयाँ परिवेश भएकाले मन्दीन्नालाई केही दिन अल्ली असहज भयो । तर विस्तारै उ परिवेश अनुसार ढल्दै गई । कलेज सुरु भएकै एक हप्तामा उसलाई एक सय सात केटाहरुको मात्र  फ्रेन्ड रिक्वेस्ट आए ,उसले सबै पेन्डिङ राखी । लाम्चो अनुहार हास्दा सानो डिम्पल पर्ने, पातलो र अग्लो सर्लक परेको जीउँडाल, पातलो शरिरमा सामान्यता हुने भन्दा अलि ठुलो र पोटिलो वक्षस्थल, मन्दीन्ना कुनै सिनेमाको हिरोइन भन्दा कम थिइन ।

कलेज शुरु भएको एक महिनामै चाहनाले व्याईफेन्ड बनाई,चाहना मोटी-मोटी र उज्यालो अनुहार भएकी भएपनि,उसको व्याईफेन्ड रविन्द्र कालो वर्णको थियो । रविन्द्र चाहनाको कुराहरु सुन्थ्यो र मुसुक्क हास्थ्यो मात्र,धेरै बोल्न रुचाउने चाहानलाई रविन्द्र जस्तो सुनिरहने केटा , जोडी मिलेको थियो । सुस्मालाई काली भन्दा, सुस्माले कालेकी बुढी भन्थी । ‘काले हो तो क्या हुवा दिलवाले हे’ भन्दै चाहना नाच्न थाल्थी । शनिबार आउदाँ वित्तिकै चाहानाले काकाको घर जान्छु  भन्दै होस्टेलबाट निस्किन्थी । चाहना र रविन्द्र सधै कि त सिनेमा कि त कुनै नयाँ ठाउँ घुम्न जान्थे ।  एक दिन शनिबार सुन्दरीजल घुमेर आएपछि चाहना निकै उत्साही देखिन्थी, उ कतिबेला कसैले कस्तो भयो त डेट भनेर सोध्छन र भनुला भनेर बसेकी थिई । मन्दीन्ना र सुस्मा उसको हसिलो अनुहार हेर्दै एकअर्कमा मुस्कुराउदै थिए । कसैले केही सोध्नै परेन, चाहनाको दिनभरको कथा सुरु भयो , भन्दै जादाँ एकान्त ठाउँमा रविन्द्रले आफ्नो नजिक मलाई तानरे किस गर्‍यो भन्दै चाहना हल्का लजाई । ‘इट वाज अवेसम’ चाहना भन्दै थिई,सुस्मा खुबचाख मानेर सुन्दै थिई, मन्दीन्नालाई सुन्नै मन लागेन, उ उठेर आफ्नो वेडमा गएर क्यामेस्टीको गृहकार्य गर्न थाली उसलाई गृहकार्य गर्न पनि मनै लागेन, सुस्माले तिमीहरुको क्यामेस्ट्री खुब मिल्छ भन्दै चाहनालाई फुर्काउदै थिई । मन्दीन्नाले आफ्नो विगत सम्झी,स्कुल जादाँ कुनै न कुनै दाजु उसलाई छोड्न जान्थे र लिन पनि । स्कुलबाट लाने कुनै पिकनिक र टुरमा उ जान पाउथिन, साथीहरुलाई टिनएजको हावाले छुदाँ उसलाई कहिल्यै छोएन,उ सगँ कक्षाका केटाहरु बोल्न पनि डराउथे,सायद दाजुहरुको डरले होला । चाहानको व्यफ्रेन्ड +२ सकेर विदेशको प्रोसेस गर्दै थियो । कलेज सञ्चालन भएको तीन महिनामै दशै तिहारको छुट्टी भयो । चहना र उसको व्याईफ्रेन्ड सगैँ पोखरा जाने भए । मन्दीन्नाको माइलो दाई लिन आए । सुस्मा पनि मन्दीन्ना र दाजुसँगै चितवनसम्म जाने भई ।

बिदामा घर जादा पनि मन्दीन्नाको बुबा तथा दाजुहरुले पटक पटक सम्झाउथे । दशै तिहार नमनाएता पनि ईस्लामिक क्यालेन्डर अनुसार दशै ताकानै परेको वकर ईद , मनाएर छठ पर्ब पछि मन्दीन्ना काठमाण्डौ फर्कि, यस पाली ठुलो दाईसंग ।

काठमाण्डौ फर्केकै दिन सुश्मा मन्दीन्नालाई मोबाईलमा एउटा फोटो देखाउदै कस्तो छ भनि सोधी, चितवनबाट काठमाण्डौ फर्किदासंगैको सिटमा परेको केटा, +२ सकेर इन्जिनियरको तयारी गर्दै छ रे, कुरा गर्दै आउदा राम्रौ लायो, मेरो त त्यो केटासंग क्रश भए जस्तो छ, सुस्माले कुरा सक्न नपाउदै चाहानाले हास्दै तैले पाँच घण्टामा कुन कपडा रोज्ने भनेर डिसिजन गर्न नसक्ने, लाईफको डिसिजन गरेर आइस भनि खिसी गरी ।

+२ सकेर इन्जिनियरको तयारी कक्षा पढ्दै गरेको शेषराजसंग सुस्माको सम्बन्ध झागिदै गयो, हरेक शनिवार सुस्मा र चाहना विभिन्न बाहानाले होस्टल बाहिर जान्थे । साझ आए पछि सबै कुरा मन्दीन्नालाई सुनाउथे । चाहनाले सबै कुरा खुलाउथि, सुस्माले राम्रो र महंगो ठाउमा खाएको, महंगो सामान वा कपडा किनेको कुरा मात्र सुनाउथी । मन्दीन्नालाई कक्षाको हरेक केटाले मन पराउथे, सबैले मन्दीन्नालाई आफ्नो बनाउन चाहान्थे तर मन्दीन्नाले कसैलाई मन दिन चाह्दैनथि ।

मन्दीन्नालाई क्यामेष्ट्रिको प्राक्टिकल निकै गाह्रो लाग्थ्यो । रमेश र मन्दीन्ना प्राक्टिकल कक्षामा संगै पर्दथे मन्दीन्नाको ( एम ) र रमेशको (आर) अल्फावेटीकल अनुसार रोल्नम्बर भएकाले ।

रमेशले मन्दीन्नालाई निकै सहयोग गर्दथ्यो, रमेशको निकै सहयोगी र मिलनसार वानीले मन्दीन्ना पनि रमेश प्रति निकै सकरात्मक थिई, तर घरमा बाबुलाई दिएको बचन र आफ्नो उदेश्यले गर्दा, केहि व्यक्त गर्न सक्थिन ।

रमेशले धेरै चोटि अप्रत्यक्ष रुपमा मन्दीन्नालाई प्रपोज गरेको थियो, मन्दीन्ना बुझेर पनि बुझ पचाउथी । कक्षा ११ सकिएर कक्षा १२ को कक्षाहरु सञ्चालन भयो । मन्दीन्ना, सुस्मा र चाहना बिचको सम्बन्ध अझ घनिष्ट भएको थियो । उनिहरु बिच निकै रमाईला कुराहरु हुन्थे । नँया प्रसंगको विषय उठाउने चाहनानै हुन्थि । एक दिन कुरा गर्दै जादा चाहनाले आफ्नो मोबाईलमा पोर्न फिल्म भएको कुरा गरी, सुस्माले कस्तो रहेछ हेर्न खोजी, मन्दीन्ना अक्क न बक्क भई । भिडियो हेरी सके पछि सुस्माले एच.डी. फर्मेटको मज्जा आउछ त हेर्न, यो त भिडियो क्यालिटीनै खत्तम रहेछ भन्दा मन्दीन्ना छक्क परी, सुस्मा र चाहनाले पहिलै हेरेको भए पनि मन्दीन्नाले पहिलो चोटी पोर्न फिल्म हेरेकी थिई । योनका कुरा सके सम्म लुकाउने र योनका कुरा बन्देज जस्तै उस्को परिवार, उस्का साथिहरुको उदारपन देख्दा, आफैमा खिन्नता महशुस गर्थी । मन्दीन्नाले डेढ वर्षमा रमेशको फ्रेन्ड रिक्वष्ट एसेप्ट गरी , उनिहरुको च्याटमा कुरा हुन थाल्यो ।

राति सुतिरहेको बेला, लामो – लामो सासै सासले बोलेको उत्तेजक बोलिले मन्दीन्नाको निद्रा खलबलायो, उसले चाहना फोनमा रबिन्द्रसंग बोल्दै गरेको चाल पाई । साझ मात्र चाहनाले फोन सेक्सको बाररेमा कुरा गर्दै थिई, सायद त्यहि गर्दै होलान, मन्दीन्ना कोल्टे फर्केर सुति ।

रबिन्द्रको बिदेशको भिषा लागेको थिएन, उ सरकारी कलेजमा वि.वि.एस. भर्ना गरेको थियो तर कहिल्यो पढ्न जान्थेन । दिन भर कि त डुल्थ्यो, कि त चाहनाकै कलेज अगाडी चिया पसलमा बस्थ्यो । एक दिन चाहना, रबिन्द्रलाई भेटेर आए पछि, आफुले पहिलो चोटी रबिन्द्रसंग उस्कै रुममा योनको आनन्द लिएको कुरा सुनाई, चाहनाले पहिलो सेक्सको बारेमा कुरा सुनाउदा, मन्दीन्नाको मन सिरिग्ङ भयो , उसलाई अनौठो काउकुति लागि रह्यो ।

मन्दीन्नालाई रमेशको हरेक क्रियाकलापले आक्रसित गर्दथ्यो । रमेशले अहिले त बारम्बार प्रत्यक्ष रुपमा नै मनको कुरा भनि सकेको थियो । तर मन्दीन्ना केहि जवाफ नदिन बाध्य थिई । हिंन्दु क्षत्री केटासंग उसको प्रेम सम्भव उसले कहिलै देख्थिन ।

मन्दीन्नाले, रमेशसंग कुरा गर्न थालेको तीन महिना पुग्यो, एक दिन रमेशले मेरो माया साच्चिकै लाग्दैन र तिमीलाई ? भन्नि प्रश्नमा, मन्दीन्नाले च्याटको धुनमा मनको बह पोख्दै, कति माया लाग्छ भन्ने त कुनै शब्दले वर्णन गर्न सक्दिन, लेखी पठाई, उ झसङ्ग भई, आत्तिई, उसलाई डर लाग्न थाल्यो उसले च्याट बन्द गरी, उसको आँखाबाट आँसु आयो । उसले आफ्नो बाबुलाई सम्झि । घर, समाज र धर्म आफ्नो प्रेममा बाँधा हुने हुनाले अब रमेशसंग सम्बन्ध यो भन्दा अगाडी नबढाउने र आफ्नो लक्ष्यमा अगि बढ्ने अठोट गरी । उ रमेशसंग च्याटमा मात्र होईन कक्षामा तथा प्राक्टिकल कक्षाहरुमा पनि बोल्न छाडी ।

रमेशसंग बोल्न छाडे पनि, उसको यादले कहिल्यौ छाडेन, उस्ले फेसबुकमा रमेशको फोटो हेर्दै थिई, खै कति बेला आफ्नो गोप्य अंगमा सुम्सुमाउन पुगिछ थाहै भएन, उसले आफ्नौ गोप्य अंग आफैले  सुम्सुमाउदा पनि निकै आन्नद मानि, शनिबारको दिन सुस्मा र चाहना बाहिर गएको बेला, उस्ले एक्लै कोठामा आफैलाई समाल्नै सकिन, उसले पहिलो चोटी रमेशलाई सम्झेर हस्तमैथुन गरी ।

मन्दीन्ना निकै निराश थिई, उसले रमेशलाई प्रेम गर्दिन भन्दा पनि, उसको याद आउथ्यो, आखिर प्रेम त अन्तर ह्रदयबाट आफै प्रस्पोटन भएर आउने भावना त हो । मन्दीन्नाले आफु भित्रको असन्तुष्टि आफ्नै नाममा नै व्यक्त गर्दथि । उसले आफ्नो नामको अंग्रेजी अल्फाबेटहरु दुई भागमा भंग गरेर MAN DINNA  यानि कि मन दिन्न लेख्थि । उसका हरेक कपिको नाम लेख्ने स्थान MAN DINNA  लेखिएका थिए ।

+२ सकेर उसले निकै मिहिनेत गरेर पढ्न थाली, उसले आई.ओ.एम. को खुब मिहिनेत गरेर तयारी गरी र परिक्षा दिई । उसको स्कलरसिपमा नाम निस्कियो, रमेशले पनि  स्कलरसिपमै नाम निकालेछ । रमेशको फोन आयो । चार महिना पछि, उसले रमेशको फोन उठाई, रमेशले बधाई दियो, उसले पनि, उसलाई रमेशको  निकै माया लागेर आयो, उसले रमेशलाई कहा छौ भनेर सोधी, रमेशले आफु आफ्नै रुम चावहिलमा रहेको कुरा गर्यो, रमेशलाई मन्दीन्नाले आफु चावहिल आउने, चोकमा लिन आउ भनेर फोन राखी, रमेशले विश्वासै नगरे पनि चावहिल चोक गयो, मन्दीन्ना साचिकै आएकी थिई । बाटो भरी रमेश बोल्न खोज्दा पनि मन्दीन्ना केही बोलिन, रमेशको रुममा गए पछि मन्दीन्नाले उसलाई अंकमाल गरी, उसले निरन्तर चुम्न थाली । आज पहिलो चोटी उसले आफ्नो घर, परिवार, समाज र धर्मलाईनै  विद्रोह गरेकी थिई, उनीहरुबिच, पहिलो चोटी शारिरीक सम्पर्क भयो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.