~नविन ध्यार~
खोलाको साघुरो एक गल्छी भित्र
उनेर सपना माछा झै बन्छी भित्र
एक दिन बित्ला,दुई दिन बिताउला
अझै कतिन्जेल सिरानी भिजाउला ।
फर्केर आउ बैगुनी तिमी
विचरा उ आफ्नै हो भनी
केही छैन् रिस केही छैन राग
फालिदेऊ आफ्नो मनको बाघ ।
त्यो मन भित्रको क्रोध फाली अाऊ
पगाली ढुङ्गाजस्तो मन माया जगाऊ
बनौंला म साहारा तिम्रो
भोकै हुदा आहारा तिम्रो ।
छुट्फुट गल्ती त सबैको हुन्छ
काडाँ नभई त के फूल फुल्छ ?
नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस. (दोस्रो वर्ष)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )