~चन्द्र मेघि गुरुङ्ग~
बिचरा उ
मलाई उ देख्दा टीठ लाग्छ
उसले सबै गर्यो
जे नगर्नु पर्ने हो सबै गर्यो
अध्ययन गर्यो
अनुसन्धान गर्यो
तालिम गर्यो
भ्रमण गर्यो
समाज बुझ्यो
समाजलाई बुझायो
अध्यापन गर्यो
सिर्फ एउटै काम गरेन
पैसा कमाएन
त्यसैले उ गन्यमान्य होइन
बुद्धिजीवी पनि होइन
समाजसेवी पनि होइन
अध्येता पनि होइन
त्यसैले मलाई उ देख्दा औधी दया जाग्छ
उसले सबै सिक्यो जे जे राम्रो भनियो
तर
टेबुलमुनिबाट नगद टिप्ने बानी लिन सकेन
चोर्न सिकेन
ठग्ने कला जान्न सकेन
बेइमानी बुझ्न सकेन
धोकाधडीको कला सिक्न सकेन
अरूलाई मार्न जानेन
अनि बिचरा असफल भो
असफल उ देख्दा टीठ लाग्छ मलाई
न उ ठेकेदार नै भयो
न उ सरकारी जागिरे
न व्यापारी नै भयो
न उ फोस्रा भाषण हान्ने नेता नै भयो
न उसले घर ठड्यायो
समाजमा उ निकम्मा भयो
असल मान्छेमा हुने गुण सबै छ उसँङ्ग
देशलाई प्रेम गर्छ
दयालु छ
इमान्दार छ
कर्मनिष्ठ छ
भावुक छ
नरम स्वभावको छ
अरूलाई आदर गर्छ
सानालाई माया गर्छ
ठुलालाई सम्मान गर्छ
तर पनि उ
आदरणीय होइन
सफल मान्छे होइन
कर्मशिल होइन
देशप्रेमी होइन
दयालु होइन
किनकि
उसले सबै राम्रो गर्यो
तर एउटा राम्रो गरेन
पैसा कमाएन
त्यसैले उ सफल मान्छे हुन सकेन
मलाई उ देख्दा टीठ लाग्छ
बिचरा कविता लेख्छ
बस्छ !
मलाई उ देख्दा सार्है दया लाग्छ
उ एक असफल मान्छे ।
चन्द्र मेघि गुरुङ्ग
विदेशी भूमिबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )