~सुदर्शन थिङ्ग~
मनमा तिम्रा लागि यति छन् माया
तरकेर किन हिड्न खोज्दै छौ माया
आफ्नो मान्दै साटदै छु तिमीमा जीवन
बिताउन चाहन्छु यो अन्त्यसम्ममा जीवन
समाजले गरोस हाम्रो सम्बन्धकै तिरस्कार
बसौला सुखस्दुख गरि बनाई सफल उपकार
साथमात्र देउ तिमी बन्ने छ जीवन साकार
बन्धनलाई त्यागी बनाउनेछु जीवन हितकार
काडालाई पन्छाई फुललाई साच्ने छु सदा
तिम्रो निम्ति हर गम भुलाई बस्ने छु सदा
जिबनको हरेक अप्ठरा क्षणमा दिनेछु साथ
टाडा नभई देउ तिमी हरदम समाई यी हात
हरपल तिमीलाई मनको संगालोमा राख्नेछु
न्यानो यो अँगालोमा बाधी तिमीसँग बस्नेछु
अठोटमा बासि तिमी पाउन नभई चाहतमा म रहनेछु
मात्र तिमि पाउन नभई चाहतमा म रहनेछु ।।।
-काठमाण्डौ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )