~बिक्रमादित्य~
छन्द : पंञ्चचामर
म सोच्छु सम्झदै पिडा र कष्टरुपि सम्झना
झझल्किरैछ सम्झना मधूर मिष्ठ प्रीतका
चलेछ प्यारको बतास मन्द मन्द मन्मा …
नवीन प्यार एक भो पलाइ प्रीत प्यारमा
रसीक प्रेममा म भै जलेछ छाति प्यारले
जुधेर भावनाहरु बसेछ प्रीत प्यार लौ
मुसुक्क मस्कदा उनी भएछु पागलै सरी
ति दन्त लाग्दथे हिरा सुरम्य प्यारिका सरी
चुमेर ओठ ओठमा चढेछ प्रीत बैश झै
बितेछ मस्कि मस्त बैश मत्त प्रेममा भै
म हासि खेली रम्दथे रमाइ प्रेमिका सग
गरेछु प्रेमका मिठा कुरा म हासिँ ऊ सग
पवित्र प्यार प्रेम यो पलाइ प्रकृती सरी
र बित्तथे ति पल्हरू पवित्र प्यार त्यसरी
मलाइ उसले भनी छ भन्नु केहि बात ती
र मख्ख दङ्ग भै बसे म सुन्नलाइ बात ती
र भन्न थालि एसरी कुरा उ घातका सरी
नसोच प्यार त्यो थियो पवीत्र प्यार त्येसरी
म जान्छु दूर दीलमा दिएर सम्झनाहरू
ल बिर्सिदेउ प्रेम त्यो र प्यारका ति पल्हरू
नवीन प्रेम गास्छु त्यो दिएर प्यार दिल्भरी
रमाउनेछु हासि त्यो रमाइ जीन्दगीभरी
उ हिष्ट पुष्ट त्यो छ है अधीक प्रीय सुन्दर
चहान्छु चुम्न ओठ ती समाइ हात ऊसका
उ आधुनीक त्यो छ है न दिन्छ चोट दिल्भरी
र राख्छु भन्छ दीलमा बनाइ रानि झै सरी
म छाडि प्यार त्यो गए नराख आश है तिमी
गए म है त प्रीय लौ ल बस्नु एकलै तिमी
सुनेर बातहेरु ती भएछु पागलै सरी
र तप्प तप्प आशु ती झरेछ झैँ सरी झरी
जले म जल्जली जले जले म राखँ भै जले
उजाड जीन्दगी भयो म राँख त्यो सरी भए
सहन्छु प्रेमका पिडा र पोल्छ छाति दन्दनी
र फुट्छ प्याट्ट छाति यो र झर्छ आँशु तप्तपी
चिथोर्छ छाति यादले र थर्र थर्किरन्छ त्यो
र रक्तपूर्ण कष्ट छाति ढुक्क ढुक्ढुकिन्छ त्यो
ल छैन ज्योति नेत्रमा ल अन्धकार के भयो
म बोल्न खोज्छु केहि लौ ल निस्किएन बोलि यो
हजार पल्ट सम्झि रोइ दर्द छातिमा दिए
म शक्ति श्वास भै बिहीन त्याग प्रेममा दिए
ल श्वास बढ्छ झन्झनै गरू म के कसो अब
यि हात काप्न लाग्छ लौ सकीन थाम्न मै अब
घुम्छ फनन्न फन्फनी मलाइ आज पृथिवी
मलाइ लाग्छ दिल्लमा हुदैछ अन्त्य जीन्दगी
ति दर्द दीलमा दियौ सकीन थाम्न दर्द ती
लडेर हेर्छु प्यारिलाइ गई यो प्यार छोडि ती
म रोक्न खोज्छु प्यारिलाइ छैन बोलि के गरू
ल गै उ रोक लौ छ कोहि रोक लौ म के गरू
नचाहि आज दूर भो ति प्यार प्रेम प्रीत त्यो
सकिन्छ आज प्रीत त्यो र प्यार ज्यान बैश त्यो
थिए ति बात दीलमा नसूनि गै गयौ नि त्यो
ल श्वास बन्द यो भयो रहेन ढुक्ढुकी नि त्यो
ल हासि खेलि बस्नुहै पवीत्र प्रेम लाएर
नदीनु घात चोट है तिप्यार बैश लीएर
अनन्त काल सम्म त्यो रहोस बाँची प्रीत है
मिलेर जीन्दगीभरी जिऊनु प्रीतलाइ है
ति मिष्ट प्यार प्रीतका मधूर चुम्बनैहरू
भुलेर बस्नु है प्रिए नलीनु सम्झनाहरू
दिएर अल्प प्रेम यो गयौ लिएर प्राण यो
छ लाख लाख कामना नवीन स्वच्छ प्यारको
पराइ प्रीय पायरै परेछ प्यार प्रीत त्यै
पिएर प्राण प्रेमको परेछ प्राप्त प्यार यै
पिलाइ प्रेम प्रीत प्यार पाइ प्राण प्यारिले
पराइ प्राण भै गयो पाएर प्रीत प्यारीले
पिएछु आशु प्यारिको भनेर आशु प्रेमको
चिरीन खोज्छ कंठ यो पिएर आशु ऊसको
फुले यि टम्टमी नशा बगेर प्रेमको बिष
यकोरिए यि नेत्र है ल छैन तेज धड्कन
शरीर काप्न थाल्छ लौ र पोल्छ छाति बेशरी
असाध्य पोल्छ छाति यो सहन्छु दर्द कस्तरी
बनाइ मुठि त्यो म है म पिट्छु दर्द छातिमा
मरे म लौ न हौ छ कोहि बस्न आउ छेउमा
ति इन्दु झै ल त्येसरी ल इन्दु चम्किरैरनू
यि श्वास इन्द्रियेहरू सुके ल इन्दु नाम ली
बनाइ मुठ्ठि बेसरी नआर श्वास शब्द त्यो
ल श्वास त्यो गयो भनेर शब्द प्रीय इन्दु त्यो
-बिक्रमादित्य
छन्द सूत्र – ISI SIS ISI SIS ISI S
(स्रोत : रचनाकारको ब्लगबाट सभार)