~सुनिता राइ ‘यशिन’~
म कार्यालय बाट घर फर्कदै थिए बाटोमा पन्धेरिबाट फर्कंदै गरेकी तारालाई भेटे, साइत पारेकोमा धन्यवाद तर घरमा आमा संग किचनमा हात नबटारी चित्त बुझ्दैन | उनि मुसुक्क मुस्कराइन र आफ्नो घर जान आग्रह गरिन | मैले उनको बचन हार्न सकिन र हुन्छ भन्दै गयेउ…| घरमा उनको दुई छोरी शुभ र शंध्या आमाकै बाटो हेरिरहेका थिए ; हामीलाई देख्न साथ रमाये, ताराले गाग्रो राख्दै भनिन आन्टीलाई नमस्ते गर बा; दुबैले आग्यपुर्बक नमस्ते गरि आमाको पछाडी लुके लजाउँदै…|
ताराले मलाइ बस्ने पीरका ल्याइदिइन र गफै गफमा मिठो चिया पनि | उनि दुई छोरीलाई बेल्काको खान-पिन गराउदै थि इ न , मैले मन मनै सोचे यिनी कति चानसिली छिन साथै गुणवान पनि | मेरो नजरमा उनि(तारा) असल छोरी, बुहारी, पत्नी, र आमा हुन तर इनको लोक्ने त्यति समझदारी लाक्दैन | यिनलाई अरु बाट लिन आउंदैन दिन र सहयोग गर्न राम्ररि आउँछ | त्यसैले म यिनलाई आदर सम्मानको दृष्टिले हेर्ने गर्छु |
अब यिनको सानी छोरी(शंध्या) स्कुल जाने भये पछि, यिनलाई म कतै राम्रो ठाउँमा जागिर लाइदिने सोचमा छु | होइन दिदी चियाको सिंग उम्रिन लाग्यो चिसिएर हजुर कता हराउनु भो ? यसरि प्रश्न गर्दै मेरो अगाडीको सुकुलमा बसिन | मैले शुभ र शंध्यालाई खुवाई पियाई गरि सुत्न पठाए अब हजुर संग मजाले पलेटी कसी केहि थोत्रा-मोत्रा दुखका पोकाहरु खोल्नु पर्यो…भन्दै उनि हासिन तर त्यस हाँसोको पछाडी लुकेको पीडालाई महसुस गर्न मलाइ त्यति मुस्किल थिएन |
तैपनि म अन्जान बनि सोधे दुई सुन्दर सन्तान पति-पत्नी जे भये पनि सानो र शुखी परिवार छ ! ताराले मलिन अनुहार पारिन र मन्द गतिमा हासिन मात्र , मैले उनलाई अझ गहिरियेर बुझ्ने प्रयास गरे र प्रश्न पुनः घुमाएर गरे , अनि जिन्दगीको रथ त ठिक-ठाक नै चलेझैँ देखिन्छ तर तिम्रा भाबुक आँखाहरुले केहि बोल्न खोजे झैँ लाग्छन !
मैले गरेर केहि हुन्छ भने म तयार छु , मेरो बाक्य पुरा नहुँदै उनका आँखाहरु रसाउन थाले , त्यो आँशु कतै लुकाउन छोप्न सकिनन , रोइन , भक्कानिएर रोइन ! म, मेरो छक्क परेको स्वभाब आफै सम्हाल्दै उनलाई थम-थमाए र सम्झाउन थाले यी याबत कुराहरुको कारण बुझ्न आँशु सरि धुमिलो वाताबरण चिर्दै भने हेर म एक समाजसेवीका भएको नाताले मात्र होइन एक-महिला भएको नाताले अर्को महिलामाथि भएको यस खाले अत्याचार, हिंसा रोक्न हर सम्भव प्रयास गर्ने छु !
तिमी मलाइ समाजसेवी होइन एक-आफ्नो दिदी सम्झी इत्ति नहिच्किच्याई आफ्नो समस्य राख, अप्ठेरो मान्नु पर्दैन त्यस पछि तारा आँशुका धारा पुस्दै केहि अशुद्ध भाकामा आफ्नो मनको पोको फुकाउन थालिन – दिदी म यत्ति असहाय र पिल्सियेकिछु कि मेरो मन भित्र का लहरा झैँ जेलिएका तन्त्रा-रुपी ब्याथाहरुलाई म कसरि , काहाँ बाट सुरु गरौँ ?
तारा यसरि भक्कानिएर रुनु चट्टान भित्र बाट आगोको लाभा बिस्फोट भै निस्कनु भन्दा कम थिएन | म स्तब्ध सुस्केरा तान्दै सहानुभूतिको भावमा भने यसरि रोयर तिमी आफैलाई कम्जोर पार्दैछौ , तिमी मेरो नजरमा एक-साहसिक, हिम्मतिली पत्नी र आमा हौ ! सायाद उनलाई आत्म-बल बढ्यो क्यारे ! दिदी के छोरी भएर जन्मनु वा छोरी हुनु अभिषाप हो ? म एक-छिन अल-मल्लमा परे यस प्रश्नले….मैले केहि बोल्न नपाउँदै तारा बोलिन दिदी जब मेरो दोस्रो सन्तान पनि छोरी नै जन्मीइन आकाश (पति) र म मा साच्चै आकाश र धर्ति झैं दुरी ल्याइदिएको छ तर मलाइ छोरी-छोरी भएकोमा कुनै दुख मन, गुनासो छैन तर आकाशको परिबर्तित ब्यबहारले म छोरी भएर किन जन्मेछु भन्ने महसुस गराउँछ , बार-बार गराउंछ !!
पर्दा भित्र तारा जस्ता कति होलान बिभिन्न समस्यमा पिसिएका…दिदी बहिनीहरु… मलाइ ताराको कुराले बडो खल्लो, मर्माहत तुल्यायो र ती गुनासापूर्ण आक्रोशारू…..!! उनि निरन्तर बोल्दै गइन दिदी लाग्छ किन छोरी भएर जन्मेछु यस धर्तिमा, आफै देखि आफ्नो जिवान बोझ लाग्छ कहिले काहीं , मैले उनको बगी रहेको आँशु पुछ्दै सम्झाए, हिम्मात दिए…हेर छोरी भएर जम्निनु त भाग्यमा लिएर आएको हुनु पार्छ, छोरी सृष्टि कर्ता हुन, छोरी दया, ममताकी खानि हुन अनि छोरी शक्ति स्वरुपेनि माहाकाली हुन…बीचैमा ताराले कुरा गाँसिन हो दिदी मलाइ थाहा छ आकाशको हर बचन र ब्यबहारले मलाइ कायर बनाएको छ दिदी जब म केहि खान्छु मेरो हरेक गाँसमा उसको नमिठा बेरसिलो बचन हरु घाँटी बाट जबर जस्ती खस्रक्क निले झैँ झैं लाग्छ | कहिले काहीं त के गरु कसो गरौ हुन्छु ! यी सम्पूर्ण को कारक तत्वा दोस्रो पनि किन छोरी पाइस ?
अब तेरो र मेरो जिन्दगि यहाँ बाट अघि बदन सक्दैन रे ! दोस्रो चाहना मेरो छोरी थिएन – छोरा थियो रे….इत्यादी भनेर निहु खोज्नु पिएर घर आउनु, झगडा गर्नु अब त सामान्य भै सक्यो उसलाई दिदी…म चुप-चाप सुन्दै रहे ती तिता तरंग हरु उनि भन्दै ग इ न : यस्तो वाताबरण मा औलाले दुई बच्ची देखाउँदै यी कलिला कोपिला लाइ जोगाउन हम्मे परेकिछु | ओरि-पारिको छर-छिमेक हरु संग शिर ठाडो पारि बोल्न पनि गारो भैसकेको छ मलाइ…!!
एक-पत्नीले गर्नु पर्ने हर-उपय, जरा अपनाए तर समस्य ज्यूँ का त्यूँ ? बरु अझ बढे ! यसको अर्थ म असफल हुनु हो , मेरो हार भै सक्यो , त्यसैले म आज यति पिल्सियेकी छु ! अहिले यस स्थितिमा म मर्न पनि सक्दिन यी दुई बच्चीको पाप लाग्ने छ, बाँच्न इति मन छैन मलाइ ! ताराको यी कुरा हरुले मेरो मन मस्तिस्क छिय-छिया भो, मैले उसलाई थम-थमाउँदै भने म सब समस्य को हाल गर्ने हर सम्भव म गर्ने छु , तिमी आकाशलाई फकाई फुल्याई भोलि घरमा बस्न आग्रह गर म भोलि आउनेछु उसलाई भेट्न र यी सारा समस्यको उल्झन लाइ सुल्झ्याउने पूर्ण प्रयास गर्नेछु | उसको मुटु कुनै डुंगा बाट बनेको छैन तसर्थ सम्झाउँदा पक्कै सम्झ्हिने छ ल निकै साँझ पनि पर्यो अब म लाग्छु भोलि आउनेछु…म माफी चाहन्छु दिदी मैले धेरै बेर अल मल्याये… होइन यसमा त्यस्तो माफी माग्नु पर्ने कुरा छैन बल्की तिमीले त ठिक गर्येउ सब कुरा समयमै बाहिर निकाल्येउ , अत्याचार धेरै सहे पाप हुन्छ……भन्दै म अँध्यारो चिर्दै अघि बढे….!!
कहिले परिबर्तन होला हाम्रो समाज र समाजका सोचाई, ताराका कुराले बाटो काटेको पनि पत्तै भएन कति छिटो घर आइपुगेछु…! आज मलाइ केहि हेर्ने, पड़ने बोल्ने जाँगर छैन कतिखेर बिहान हुन्छ र ताराको घर जाउँ तिनीहरु बिच भएको उल्झन लाइ सुझ्येऊ…बस् !! खान-पिन पस्चात सरक्क गये बेडमा, आज खानाको स्वाद पनि पाइन मैले खोइ के खाए थाहा भएन, कस्तो थियो स्वाद त्यो पनि थाहा भएन !!
रात भरि आँखा ओरि परि तारा नाची रहिन, उफ्फ…रात पनि कति लामो बल्ल-बल्ल बिहान भो ; नयाँ बिहान संगै नयाँ उमंग र सपना/सोच लिइ चियापान गरि लागे ताराको घरतिर , कालो बिरालोको ओहर दोहर बाटोमा छेत्-छेत् सित-सित भाग भन्दै अघि बढे… माथि आकाशमा काग हरु निकै रोदन का साथ कराउँदै फन-फनी घुम्दै थे… म एक-चित्त भै अघि बडी रहे….. ताराको घर नपुग्दै परे बाट केहि मान्छे हरु भिड देखे सोचे लौ आज मौका गुम्यो पाहुना पो छन क्यारे घराँ त ? के गरु गरु भो ? मेरा पाइला हरु फर्कन मानेनन, चहल पहल अलि फरक किसिमको थियो….केहि अगाडी बढेर एक-सज्जन लाइ सोधे होइन यो के को चहल पहल होला ? उत्तर तुरुन्त आयो खोइ गये राति आकाश निकै मातेर आएछ र सदा झैँ स्वास्नी संग पर्न परेछ झपड, बेहोसीको झोकमा घाटी न्याकी दिएछ र सदाका लागि बिदा दिएछ स्वास्नीलाई…, म माथि छाँगा बाट सर्यम्मै तल चट्टानमा बजारिए झैँ भये……!!
आकाशको अनुहारै मा थुक्क भन्न मन लाग्यो… स्वास्नी हत्यारा….फूल जस्ता दुई छोरीको आमा छिन्ने पापी….बाबु , पापी पति शाबित भये आज…!! हिजो मात्र म संग रुँदै आफ्नो दुख पोखेकी तारा आज म उसैको लागि सबेरै उठिकन आये तर यहाँ त परिस्थितिको नियतिले कोल्टे फेरी सकेछ ; म थच्च बसे भुइमा , हात खुट्टा हरु ललाक-लुलुक्क भये , दिमागले काम्न गर्न छोड्यो… वाबातरण स्तब्ध भो , संसारै कालो बादल ले ढाक्यो झैँ भान भो…ती दुई बच्चीलाइ आफन्ताले लगे , केहि छिन पछि आकाशलाई पुलिसले हतकडी हाली लागेको देखियो : तलाई धिक्कार छ पत्नी हत्यारा भन्दै मनको पोको मनमै निलकण्ठ पारि फर्के !
सुनिता राइ ‘यशिन’
काठमांडू, हाल – इजरायल
(स्रोत : नारीदर्पण डट कम)