कविता : अठोट

~नारायण योगी~

न कहिल्यै झुक्ने
न कहिल्यै रुक्ने
म त्यो इन्क्लाब हुँ
हर अन्यायको जबाफ हुँ
गरिबको पसिनाको हिसाब माग्ने
सहिदको सपनाको महल बुन्ने
म एउटा आगोको फिलिङ्गो हुँ
लडिरहेछु, लडिरहनेछु
वैरीलाई निशाना लाउनु छ
उँचनिचको भाव हटाई यहाँ
समानता छिट्टै ल्याउनु छ
कुनै फरक छैन यहाँ कुनै जातपातमा
के बाहुन, दलित, जनजातिमा
न कहिल्यै झुक्ने
न कहिल्यै रुक्ने
म त्यो इन्क्लाब हुँ
हर अन्यायको जबाफ हुँ
रगत उही, पसिना उही
मानवताको उच्च छ भावना हाम्रो
वर्गीय प्रेमको नाताभन्दा
छैन केही संसारमा राम्रो
सत्य र न्यायको डगर रोजी हिँड्छु सधै
भेदभाव र असमानतालाई मेटाउनु छ अर्झ
न कहिल्यै….

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.