~नरदेन रुम्बा~
१
मेरा देवताहरु मैले सबै पुजारीलाई दिएँ
मेरा धर्म सबै मैले भिखारीलाई दिएँ
अब खुल्ला छु , नितान्त खुल्ला छु
केही विश्वास थियो सबै प्यारीलाई दिएँ
२
क्षितिजमा अझै केही साँझ बाँकी छ
उज्यालोको झिनो आवाज बाँकी छ
रात त आउँछ सुन, जसै गरे पनि
अँधेरोको अझै धेरै अन्दाज बाँकी छ ।