~रिजाल किरण~
छन्द : तिल्जे
मनका वहावै ,फैलेर साथी
कसरी बताऊ ,चर्किन्छ छाती ।
अवतार उन्को ,मान्थ्यौ नि बिष्णु
कहिले नमेट्ने,छापो छ बाकी ।
जनका मसीहा ,प्यारा थिए नै
निठुरी विधाता ,भैदिन्छ घाती ।
चुनियो दलालै,यो हात बाट
भुलले खुट्टामा, हान्यौ नि लाठी ।
शठ ती खलासी ,मातेर हाक्दा
भिरमा कतै पो ,झार्ला कि गाडी ।
-विराटनगर -१
सम्पादक : तिल्जे छन्द सूत्र – llS lSS SSl SS विश्राम = ६ अक्षरमा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )