~राकेश कार्की~
बिस्कुन झैं सुक्दैछु घाममा
छहारी पाइन मेरो आङमा
दौरासुरुवाल ढाकाटोपी
गोलीले च्यातिसक्यो
कम्मरको खुकुरीले
आफैंलाई काटीसक्यो
डांफेचरी रगत चुहाई
वरीपरी उड्छ
लालीगुराँस मेरो शिरमा
रगत अर्चिदिन्छ
कर्णाली भेरी राप्ती
रगतैको बाढी
हाम्रै वंश माया लाग्छ
मरी गए पनि
नेपालीलाई मारे पनि
नेपाली नै रुने
नेपालीले मारे पनि
नेपाली नै रुने
खै कसरी जित हुन्छ
आफ्नै वंश मारी
हारे पनि मरे पनि
म जान्न सीमा पारी
Windsor University, Canada
(स्रोत: तन्नेरी डट कम)