~किरण खरेल~
यती चाँडै कसरी बिर्सुं
सिम्सिमे पानीले रुझेको – 2
मोतीजस्तो पानीको थोपा
तिम्रो कालो केसमा तर्केको – 2
सुनसान बाटो थियो सुनबुट्टे रात
हिँड्दाहिँड्दै छोइएथे सुकुमारी हात
धड्कनले आपसमा गरेका झैँ कुरा
झन्झनाइ बजे तिम्रा चिर्बिरे चुरा
यती चाँडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको
बाटो हिँड्ने दुईजला एउटा थियो छाता
जुलाफी ती तिम्रा गाला देखिएथे राता
तिम्रो भने भिजेको थियो आधा जिउ सारा
मैले भने पुछेको थिए पसिनाका धारा
यती चाँडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको
कपालको पानी आई पृथ्वीमा छर्के
कुन्नि किन भागेकी थियौ अलिकति तर्की
दुई कदम पर तिम्रा पाउ रोकिएथे
अचानक यो छातीमा सास छेकिएथे
यती चाँडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको
शब्द : किरण खरेल
सङ्गीत तथा स्वर : शिवशङ्कर