कविता : सर्वाेत्तम उपहार

~सीता अर्याल~Sita Aryal

पाँच दशकपारिका हिउँदहरूमा
मेरा मनभित्रको जँघारहरूमा
पलाएको एउटा चाहनालाई
आफ्ना कलकलाउँदा प्रतिरूपहरूसँग
अनुरोधपत्र थमाउन मन लागेको छ ।

जब तिमीहरू मेरा अन्तरमा प्रबेश गर्यौ
हर्ष बिभोरले म छताछुल्ल भएँ
मात्री ओहोदा ओडेर
अगाध शान्ति र सन्तोष प्राप्तिको शिखरमा
आशीन हुन पाउँदाको त्यो स्वर्णिम पल
अधिक खुसी र प्रशन्नताले
सगरका अनगिन्ती ताराहरू नै
जुनभन्दा विशाल देख्न थालेँ।

बधाईका पुष्प बर्षाले म ओतप्रोत थिएँ
त्यहाँ आफूलाई सर्बमान्य,उच्च र विशेष ठानेँ
अरु थुप्रैभन्दा भाग्यमानी मानेँ
सायद मातृ हृदयबाट छताछुल्ल
पोखिएको मातृत्व होला त्यो।

टेक्यौ यस धर्तीमा पाईला
खुशी नै खुशीले बग्न थाल्यो मेरो गृहस्थि डुङ्गा
सृष्टिको निरन्तरतालाई
आफ्नो कोखमा सहर्ष सजाई
जीवनसँग समाहित आमा हृदय
तिम्रा मुहारमा लत्पतिएका फोहरमा
श्रीखण्डकै शुवास पाउँथेँ
तिमीले परित्याग गरेका मलमूत्रहरूमा पनि
सर्बोत्तम शुगन्ध भेट्थेँ ।

मेरो सानो घर संसार
स्वर्गभन्दा रमणीय अनुभूत हन्थ्यो
अनुहारभरी गौरब ओडेर रमाउँथेँ
उषामा मुस्कुराएको आकाशले
मेरो अन्तरात्मा नै उज्यालिएको आभाष हुन्थ्यो
मात्रित्व नजरले देखेको अव्दितीय सन्तान
जस्ले खुशीका फूलहरू घरभरी छरिदियौ।

वढदै गए उमेर तिम्रा क्रमैले
दुधे दाँत र तोते बोली
मसिना पाईला र आमा शब्द
मेरो हृदयको ढोका
सन्तोष प्राप्तिको टाकुरा भयो
पिठ्यूँमा पुन्टे झोला बोकेर
पाईला हिडदै, लडदै, लर्खरिँ
दै
गन्तब्य पाठशाला लियौ तिमीलेहरूले।

तिम्रै स्नेह र सहाराका खातिर
अगाडी, पछाडी हुन्थेँ निरन्तर
जीन्दगी डोर्याउने सेतु नै त हौ आखीर
आमा मन तिम्रो मुहार देख्दा मात्र पनि
विजयको खुसी मभित्र नाच्दथ्यो
पूर्बमा भर्खर मुस्कुराएका रबिजस्तै
मेरो अन्तरमन पनि झलमल्ल हुन्थ्यो।

सायद त्यसैले सफलताका हर पाईलाहरूमा
तिम्रा आबस्यकता परिपूर्तीका लागि
सर्बस्व अर्पन पनि तत्पर रहेँ
अनगिन्ती यस्ता पलहरू
बगैँचामा भर्खर फक्रँदै गरेका फूलहरूजस्तै
अझै ताजै छन्।

उच्च शिक्षार्थ मबाट टाढा भयौ
मेरा आँखा र निद्राको भेट हुन कठिन भयो
प्रसब पिडा पुन: पुनरावृत्तिजस्तै हुन थाल्यो
हर पल मेरा मातृत्व दुख्न थाल्यो
आशिष, स्नेह, सुभेच्छा
अर्चना, प्रार्थना केबल तिम्रै लागि
सपना, बिपना तिमी नै तिमी
विना स्वार्थ
मैले यी सबै निरन्तर जपिरहेँ ।

मेरो जीवनको परिभाषा
मेरा सन्तानबिना कसरी पुर्ण होला र ?
सर्वश्रेष्ठ स्नेहका गहिरो मुहान
प्राण, प्रेरणा र गुरूसमेत तिमीहरू
अत्यन्त आभारी छु
अनगिन्ती साधुबाद छ।

बर्तमानमा आएर यो मातृ हृदय
थोरै लालची भएको छ
शान्ति र सन्तोष सगरमाथाको टाकुरामा
स्थापित गराउनको खातिर
अनगिन्ती अभिलाषाका आँकुराहरू अङ्कुराउँदैछन्।

दशधारा दुधको मुल्य सोच्छौ भने पनि केही छैन।
आशा छ तिमीहरूले नकार्ने छैनौ
नडराउ !
मलाई सुन, जबाहरात अनेकौं रत्नको
प्रलोभन छैन रत्तिभर
देख्न पाउँ हरपल खुसी तिम्रा जीवनमा
अटुट मुस्कान र मेलमिलाप भए पुग्छ तिमीहरुमा
केवल भरिदेउ मेरा आँचल यिनै र यस्तै कर्महरूले
आमा हृदयबाट केवल तिमीहरूका खातिर
पल्लवित आह्वान हो यो
संसारको सबैभन्दा अमूल्य
उपहार त्यही हुनेछ
अनिमात्र
मेरो अन्तरमनको दिव्य दियो झलमल्ल हुनेछ।
अन्तरमनको दिव्य दियो झलमल्ल हुनेछ

******

डिसेम्वर २५, २०१३
-सीता अर्याल,
म्याडिसन,अमेरिका।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.