छन्द कविता : आमा

~बिक्रमादित्य~

छन्द : मन्दाक्रान्ता

गर्छौ माया हरपल अनी चूमि ती ओठ प्यारा
भुल्छौ पीडा चलपल गरे बालकैले ति तिम्रा
हास्छौ हासो मधुर जहिले फुल्छ उ भर्भराई
हिड्छौ उस्को पछिपछि तिमी हिड्छ उ लर्खराई …

बोल्छौ बोली त त ति तु गरी बात बुझेर उस्का
नाच्छौ उफ्री तल धरतिमा हासि है सामु उस्का
हास्छौ रुन्छौ नजरभरिमा राखि है ऊसलाई
हुन्छौ जैले पलपल सधै जे पनी बन्नलाई

खोज्छौ जैले वरपर कतै उ नहूदा रुएर
पढ्यो हुर्क्यो ढलमल गरी कोख तिम्रो रहेर
जान्छन सम्झि दुर गगनमा प्राण तिम्रो चुडेर
हुन्छौ एक्लै बिचरिबनिता सम्झि माया सहेर

ठूलो आकास छ रुमलिएको यहा चन्द्र संगै
होऊ त्यै चन्द्र भइ चमकिने लाख तारा ति संगै
कोपीला हौ फलिफुल तिमी आउ वास्न छरेर
यै स्वप्ना है गर गर पुरा झूत्रि आमा कहेर

छन्द : SSS SII III SSI SSI SS

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.