गीत : हेर न आमै !

~अलका मल्ल~

च्यङबाले जिस्काको हेर्दिन
आमालाई नभनी छोड्दिन
झिम्काउँछ आँखा भागी हाल्छ
हेरन आमै लुकी बस्छ

हेर न आमै हेर न !
च्यङबाले मलाई फकाउँछ

च्यङबाले तुङबा चोरी लियो
साथी भाइलाई बाँडी दियो
सबैले मलाई हेरी रहन्छ
च्यङबाले केश तानी बस्छ

हेर न आमै हेर न !
च्यङबाले मलाई फकाउँछ

हेर न आमै च्याङबालाई
बाढुले कम्मर भाँचे भन्छ
छोड्दिन त्यो बैमानीलाई
हात समाई चुमु भन्छ ।

हेर न आमै हेर न !
च्यङबाले मलाई फकाउँछ

-कान्तिपथ, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.