~भरत खत्री~
म सानो छदा हजुर बुवालाइ सोधेको थिए, हजुर बुवा स्वोर्ग कहाँ छ? त्यति बेला हजुर बुवाले भन्नु भएको थियो। बाबु तिम्रा यी आँखाले देख्न सक्ने सबै डाडाहरु काटेर गएपछि एउटा ठुलो खाडल आउछ हो त्यही स्वोर्ग हो। तिमी ठुलो भएपछी त्यहाँ जानु है। म त यो जुनीमा जान पाउदिन जस्तो छ, तिमी त्यहा गयौ भने त्यहा शिवजी हुनुहुन्छ रे उहालाई मेरो दर्शन सुनाइदिनु भन्नु भएको थियो। त्यो रात आकाशमा घुम्म बादल लागेकाले आदा मात्र चन्द्रमा देखिएको थियो। हुन् त त्यो रात पुर्णिमाको रात थियो तर पनि चन्द्रमाले आफ्नो अस्तित्वको मात्र बचाउ गर्यो। हजुर बुवाले भनेको त्यो कुरा र त्यो रात मलाई भरखरै झैँ लाग्छ, त्यो दिन नै अधुरो जस्तो लाग्छ, केही कुराको कमि भएको दिन जस्तो लाग्छ। अबोध बालकले त्यस्तो गहन कुरा कसरी बुझथे र तर त्यो दिनको हरेक शब्दहरुले मेरो बाल मानसपटलमा कब्जा जमाएर बसे। पछी त्यही अबचेतन मस्तिष्कमा बसेको अधुरो उतर खोज्नको लागि मैले घरमा आउने सबै पाहुनालाइ करकाप गर्थे तर उल्टै तिनीहरुले मेरो कुराको खिल्ली उडाउथे। म सानो थिए तर म त्यतिबेलै सबै कुरा बुझ्थे मेरो बारेमा कसले राम्रो भन्यो कसले नराम्रो। सबैले मेरो प्रश्नलाई बेवास्ता गरेपछि मैले हजुर बुवाले भनेको त्यो कुरालाई बिस्तारै भुल्दै गए। जसरि हजुर बुवाले जवानीमा गर्छु भनी साचेका कुरालाई गर्न नपाइ परलोक हुनुभएको त्यसरी नै मेरो त्यो खाडलको स्वोर्ग कहाँ हो भन्ने अधुरो प्रश्नको उतर बाकि रह्यो।
उमेर बढ्दै गयो…बाल्यकालको जस्तो खुल्दुली र हरेक कुरामा जिज्ञासा राख्ने बानीको पनि बिस्तारै बिस्तारै क्षय हुदै गयो। गाउँको पढाइ सकेर म अब काठमाडौंमा बसाइ सर्ने भए। घरमा हजुर बुवा र हजुर आमाले मलाई सानै देखि संस्कार सिकाउनु भएको थियो। ठुलालाइ आदर सानोलाई माया,कहिलै झुटो बोल्नु हुदैन, आमा बुवालाई सदै आदर सत्कार गर्नु पर्छ,नराम्रो कुराको लत लाउनु हुदैन भनेर मलाई बारम्बार भन्नु हुन्थ्यो। म मा ति सबै गुणहरु थिए त्यसैले म सबैलाइ छिटै विश्वास गर्थे। मेरो घर देखि अलि परको दाइ काठमाण्डौमा बस्नु हुन्थ्यो। मलाई सदै फोन गरेर भाइ तिमी छिटै काठमाण्डौ आउ यहाँ सबैले धेरै पैसा कमाएर जग्गा जमिन किनी सके, देश विदेश भ्रमण गरेर सिध्याई सके अब तिम्रो पालो हो भन्थे। कहिले पोखरा, कहिले मुस्ताङ, कहिले काठमाण्डौमा नै घुम्दै छु यहाँ त पैसा कमाउन धेरै सजिलो छ भाइ तिमी जति सक्दो छिटो आउ दुइ भाइ मिलेर धेरै पैसा कमाउनु पर्छ। दिनमा एकपटक फोन गरेर यस्तै यस्तै भन्थे दाइले, दाइले यस्तो भन्दा लागथ्यो काठमाडौँमा कि त रुखमा पैसा फल्छन कि त त्यहा पैसा बनाउने मेसिन किन्न पाइन्छ र छाप्न सकिन्छ। त्यो सुनिसकेपछि म काठमाडौँ जसरी नि जान्छु भन्ने त तय भै सकेको थियो तर त्यो मेरो आफ्नो व्यक्तिगत निर्णय थियो। घरबाट भने सदै मलाई त बुटवल जा त्यहा हाम्रो मान्छे छन। तलाई बस्न खानको लागी पनि अप्ठ्यारो हुदैन जागिर पनि सजिलै लगाइदिन्छ्न, तलाई पढ्न पनि हुन्छ घर पनि नजिक हुन्छ, शुक्रबार आएर आइतबार क्याम्पस भेटाउन पनि सकिने। त्यही भएर हेर शुभम् धेरै मन नडुला हामीले भनेको मान बावु भन्नु हुन्थ्यो। आज पनि त्यही बुटवल भनेछ भोलि पनि त्यही बुटवल भनेछ सदैको बुटवलले मलाई आखिरीमा बुटवल ल्याई पुर्यायो ।
पहिले गाउमा बस्दा कम्पुटर कलास पढेको थिए। गाउँकै एउटा सहकारीमा अकाउनटेन्टको जागिर पनि गरेको थिए। त्यसैले बुटवल आफन्तले खोज्देको जागिर गर्नलाइ त्यति गारो भएन, जागिर गर्दा गर्दै धेरै कुराहरु सिके कसरी बोल्ने, कसरी मित्रता बढाउने, ज्ञानको अलवा अरु केके कुरा चाहिन्छ भन्ने जस्ता विविध कुराहरु मलाई जागिरले मलाई सिकायो। म सिद्धान्त मात्र पढेर ठुलो भएको मान्छेलाइ केहि दिनमै एउटा प्राक्टिकल मान्छे बनाई दियो। मलाई त्यही बेलामा थाहा भयो जागिरले जीवनमा कसरी फरक पार्छ भन्ने। जागिर गर्दै जादा म पुरानो शुभम् रहिन किनभने मलाई जागिरले बिल्कुलै फरक ढंगले फरक कुरा सिकायो। जीन्दगीमा सिक्ने अवसरहरु जुरिराखेका थिए। मैले सिक्ने कुरालाई निरन्तरता दिदै थिए। उता पहिले काठमाडौँ वाला दाइले हरबखत फोन गर्या गरै थिए।
भाइ तिमि कहाँ छौ?
के गर्दै छौ?
तिमि किन नआएको?
छिटो आउ बस्न खानको टेन्सन नगर तिम्रो दाइ यहाँ छ, तिम्लाई सबै कुरा म पुराइदिन्छु तिमि यहा आउ मात्र भाइ। दाइले सदै यस्तो भनेर फोन गरेपछि म बुटवलबाट घर फर्किय। घरमा मलाई विश्वास दिलाउन सार्है गार्हो पर्यो। सबैले बुटवलमै राम्रो भैराछ त किन जानु पर्यो काठमाण्डौ फेरी भन्थे तर मैले मेरो जिद्दीपना छाडिन अन्त्यमा घरका सबैजनाले म काठमाण्डौ जाने भन्ने कुरा स्वीकार्नु भयो। म खुसि हुदै ती दाइलाई फोन गरे दाइले फोन उठाए अनि
मैले भने दाइ म काठमाण्डौ आउदै छु है।
आउदै छु रे कहिले आउदै छौ?
म भोलि हिड्न लागेको दाइ, मैले यता घरमा सबैलाई भोलि हिड्छु भनेको छु सबैले हुन्छ भन्नु भएको छ।
के भन्छ भाइ म भोलि काम बिशेसले बुटवल जादै छु अलि दुइचार महिना पछि आउदा भैहाल्यो नि।
म आश्चर्य चकित परे अस्तिसम्म छिटो आउ भनेर फोन गर्ने मान्छेले आज दुइचार महिनापछि भन्दै छ।
मैले भने दाइ तपाई पनि बुटवल आउदै हुनुहुने रहेछ मलाई नि सजिलो हुने भयो म त्यही बुटवल आउछु र संगै जाउला हुँदैन।
हुदैन भाइ म ट्रकमा आउने हो यसमा तिमी बस्न मिल्दैन।
त्यति भनेर दाइले फोन राखे।
अब मलाई पर्यो फर्साद नभनौ भने सबै काम बिर्सेर यसैको लागि घरमा आएको भनौ भने घरकाले उल्टै गालि गर्ने (नखाऊ भने दिनभरिको सिकार खाऊ भने कान्छा बुवाको अनुहार)
अर्को दिन बिहानै हिजोको पलान अनुसार काम गर्न थाले सबै कपडा मिलाए, सबै सामान व्यागमा प्याक गरे। आमाले रातो टिका निधारमा आशिर्बाद दिदै लगाइदिनुभयो। बुवाले पनि टिका लगाउदै गर्दा धेरै तडकभडकमा ध्यान नदिनु आफ्नो लक्ष्य पुरा गर्नु भन्नु भयो। बुवाआमाको खुट्टा ढोगेर आशिर्वाद मागे। तम्घास देखि काठमाण्डौ सम्मको मेरो यात्रा सुरु भयो। मेरो टिकट हिजै प्रेमिकालाई काट्न भनेको थिए। म बसपार्क पुग्ने बितिकै उनि आइन टिकट मेरो हातमा थमाउदै निन्याउरो अनुहार बनाएर मलाई बाईबाईका हातहरु हलाइन। मन अमिलो भयो, तम्घास छाडेर बस हिड्दा मैले केहि भुले जस्तो केहि हराए जस्तो केहि गर्न बाकी जस्तो लाग्यो। तर पनि यात्रा रोकिएन जीन्दगीमा सबैभन्दा पहिलो लामो यात्रा सुरु भयो। तम्घास पछि गाडीले जति जति घरहरु छोड्दै गयो मन त्यही नै आतिदै गयो। पहिले घरहरु , त्यसपछि बस्तीहरु डाडाहरु गर्दै गाडीले केहि समयमा नै गुल्मी छाड्यो , बुटवल छाड्यो, लुम्बिनी अञ्चल छाड्यो। मैले सोचे अहो! म कति भाग्यमानी रहेछु। मेरो हजुरबुवा आउँन खोज्नु भएको रे आउन पाउनु भएन। मैले भन्ने बितिकै आफ्नो सपनाको संसार घुम्न जान पाउने भए। काठमाण्डौ गएर एउटा राम्रो कलेज भर्ना हुन्छु। त्यहा पैसाको त चिन्तै हुदैन काम जति पनि पाउछ भन्छन म पनि धेरै पैसा कमाउछु। उतै घर बनाउछु घरका सबैलाई काठमाण्डौ नै बोलाउछु भन्दै धेरै सपनाहरु सजाउदै म रातभर जाग्राम बसे। उज्यालो फुरुङ हुन् लागेको थियो बाटोमा नौबिसे आयो भनेर हल्ला गर्न लागे सबैजना, मैले ओहो! हामी त काठमाण्डौ आइपुग्न लागेछौ भन्ने सोचे।
बिहानै घरमा फोन गरेर आफु नौबिसे पुग्न लागेको कुरा जानकारी गराए। आमाले काठमाडौँमा पुगेर दाइलाई भेट्ने बितिकै यहाँ फोन गर है कान्छा भन्नु भयो। मैले हुन्छ आमा भनेर फोन राखे। बल्ल सम्झे मन झसंग भयो। हिजो नै मैले ति दाइलाई बुटवलबाट अघि लागेपछि ट्रकमा आएको देखेको थिए। दाइले मलाई देखेर पनि नदेखे झैँ गरेर अघि गए। जे त पर्ला भनेर हिडेको बल्ल फर्सात पर्यो। खल्तिमा त्यति धेरै पैसा पनि बोकेको थिएँन। बाहिर बसिहाले पनि पाँच दिनको लागि मात्र खान बस्नको पैसा थियो। सोच्दा सोच्दै काठमाण्डौ मुख्य द्वार चेकपोस्ट आइयो। कताकता मन उत्साहित पनि थियो भने कतै मन डराएको पनि थियो। हजुर बुवाले भनेको स्वोर्ग धुलोबाट सुरु भयो , काठमाण्डौ उपत्यका छिर्ने बितिकै ठूलाठूला डाडाहरु वरिपरी बिचमा समथर भुभाग घरैघर, पसललै पसल, स्कुललै स्कुल ,कलेजजै कलेज, मान्छेछै मान्छे, गाडी मात्र देखिन थाले। सोचे ल आयो मेरो सपनाको सहर। हिजो मेरो लागि सपनामा भएको सहर आज मेरो अगाडी बिपनामा छर्लंग थियो। मैले यहि यस्तै ठुला घरहरु बनाउनुछ यसतै पसल खोल्नु छ, यस्तै ड्रेश लगाएर कलेज जानु छ मैले धेरै कुरा गर्नु छ। गाडीले कलंकीको तिन घन्टा जाममा बसाले पछि ठुलो डाडाको चुचुरोमा स्यम्भुको सिर झर्लक देखाउदै बसपार्क पुर्यायो। बस्नलाइ काठमाण्डौ ती दाइ भन्दा कोहिँ थिएनन त्यसैले फोन लगाए। दाइलाई दाइले फोन उठाएनन्। धेरै बेरको फोन ट्राइपछि पनि फोन रिसिभ नभएपछि निराश हुदै समान लिएर बसपार्क बाट बाहिर आए। बाहिर आउने बितिकै एकजना ट्याक्सी चालकले भाइ कहाँ जाने आउनुहोस् म पुर्याईदिन्छु भन्दै थिए। मैले पर्दैन भनेको अर्को दुइजना केटाहरु आएर दाइ के तपाइलाई गेस्टहाउस चाहिएको हो। आउनुहोस हामी सस्तोमा मिलाएर राखिदिन्छौ हजुरलाई भन्न थाले। हुन्छ भनेर गेस्टहाउस गए।
आज गेस्टहाउस बस्न लागेको चारदिन भैसके अब खल्तिमा एकदिनको खानको लागि मात्र पैसा छ मन आतींन लागिसकेको छ। घरमा दाइसँगै छु भनेको छु दाइलाई कहिले आउनु हुन्छ भनेको रिसाएर फोन राखे। घरबाट के के सपना बुनेर आएको पाँच दिनमै तुइएला जस्तो भइसकेको छ। सोचे सायद जीवनको असली परिचय भनेको यहि होला। सबै कुरा टाढिएर जादा पनि फरक किसिमले जीन्दगी जिउन खोज्नु नै जीवन जस्तो लाग्यो। पाचौ दिन बिहानै दाइले आफु आएको कुरा फोन मार्फत मलाई जानकारी दिए अनि मलाई पसपार्कमै लिन आउने कुरा गरे। बल्ल मन शान्त भयो। दाइ आए पहिले जस्तो खासै राम्रो संग बोलेंनन सिदै रुममा लगे रुम अलि साघुरो थियो। रुमको आफ्नै बास्ना पनि थियो। रूममा गैसकेपछि दाइले मेरो पहिलो दिन भनेर खाना बनाएर खान दिए। खान खाइरोरी हामी त्यो दिन चाडै सुत्यौ। अर्को दिनबाट मेरो लागि जागिरको खोजि भयो। म भन्दा ३/४ महिना अघि आएका केटाहरु काठमाण्डौमा काम नपाएर खाली बसेको कुरा दाइले बल्ल काठमाडौँमा आएपछि भने। मन अलि डरायो कतै मैले पनि काम पाउदिन कि भनेर आत्तिय दाइले तिम्रो हातमा शिप छ नडराउ सिप हुनेहरु काठमाण्डौमा खाली बस्नु पर्दैन भनेर मलाइ सान्त्वना दिए। मन अलि ढुक्क भयो। आज भन्दै भोलि भन्दै आज काठमाण्डौ आएको पुरै आदा महिना भैसके। जागिरको लागि भनेर यहाँ बस्ने गाउका सबै मान्छेलाई फोन नगरेको पनि हैन तर कतै बाट पनि केहि पार लागेन। अब त मनले पनि साथ छोडिसक्यो काम पाउदिन भनेर। आफु नमरी स्वोर्ग देखिदैन भनेको सायद यहि भएर होला। अहिले सम्म जे जति खर्च भैराखेको छ सबै दाइकै खल्तीबाट भएको छ। दाइ कहिले काहिँ मात्र रूममा आउनुहुन्छ थोरै खर्च दिएर जानुहुन्छ पछि जागिर खाएपछि दिनु भन्नुहुन्छ। दाइको घर मेरो घर देखि अलि तल हो। सानोमा दाइसंग खेलेर बढेको हो हामीहरु। दाइको नाम कालु सानोमा जन्मदा केहि बर्स दाइ सारै काला थिए रे त्यही भएर सबैले मायाले कालु भन्छन्।
आज पच्चीसौ दिन काठमाण्डौ आएको अहिले सम्म जागिर पाउने कुनै लक्षण नै छैन। एकजना दाइले जब सेन्टर जानु त्यहाँबाट तिमीलाई तिमीले चाहेको जब लगाइदिन्छ्न भनेका छन्। म जब सेन्टर जादै छु।
कति पढ्नु भएको छ?
अब ब्याचलर पढ्ने हो।
कहाँ बस्नुहुन्छ ?
स्यम्भु बस्छु।
पहिले केहि काम गरेको अनुभब छ ?
छ, पहिले अकाउटेन्टको जागिर २ बर्ष गरेको थिए।
आहा धेरै राम्रो खै तपाइको सिभि दिनुहोस् त।
तपाइको जागिर भोलिबाट आइटी नेपाल प्रा.लिमा त्यहा अकाउनटेन्टको खाचो छ जाने हो। अब यतिका दिनसम्म एउटा बन्द कोठमा भिताहरु सित कुरा गरेर वाक्क भएको मान्छेले आफुले चाहेको जागिर पाउदा किन पो नाइँ भन्थे र हुन्छ भने। त्यसका लागि मैले के गर्नु पर्ने हो? भनेको तपाइको पहिलो मासिक तलबको पचास प्रतिशत हाम्रो कम्पनि मार्फत काम लागाइदिएको दिनु पर्छ। अहिले यहाँ फम भर्दा चाहिँ पाचसय मात्र लाग्छ भन्यो। म आश्चर्य चकित भए अनि सोचे म संग यो बाहेक अरु कुनै बिकल्प पनि त छैन। जे होगा वो सब देखा जाएगा भनेर फर्म भरे अर्को दिन सिदै जब गर्न जाउलाखेल जाने निधो सुनाउदै त्यहा बाट बाहिरिए मन चङ्गा जस्तै हलुङ्गो भएको थियो, कतै जाउ कसैला सुनाउ, कसैलाई देखाऊ भन्ने जस्तो भयो। मैले जागिर पाएको भनेर घरमा भने घरमा पनि सबै खुसि हुनुभयो। धेरै पछि प्रियसीलाइ फोन गरे। मैले फोन गर्ने बितिकै
तिमी त कति निस्टुरी रहेछौ।
मेरो याद आएन अहिले सम्म?
तिम्रो मन के को हो?
अहिले सम्म मलाई किन फोन नगरेको मेरो फोन किन नउठाएको भन्दै सुक्क सुक्क गरेर रुन लागि।
ए बस गर न पग्ली, हेर अब एक महिना फोन नगर्दा पनि कति आतिएको के मान्छेले फोन गरेनन् भने माया पनि गर्दैनन भुलिहाल्छ्न भन्ने हुन्छ र भनेको। केहि कामले पो हो कि भन्नेर सोच्नु पर्थ्यो नि हजुर। खबर नगरेको भनेर नरिसाउ न त्यसको लागि म माफी चाहन्छु बरु सुन्न मैले आज जागिर पाए नि।
ओहो! हेरौ न फेरी तिम्लाई कुरा बनाउन र कुरा गरेर कुराले कसले पो जित्न सक्छ र कुरा कति छिटै कता घुमाको के?
के गाजिर पायौ र?
पहिलेकै के।
होर राम्रो भएछ है, राम्रो सित जब गर्नु यसरि बिचमा चै लापता हुने काम नगर है म त मार्छु फेरी।
हस हजुर हस,
केहि समय सम्म कुरा गरेर फोन राखे।
दिउस भर जबमा गयो बेलका रुममा खाना बनाउदै खादैमा ठिक्क, बिहानमा कलेज शनिबार घुम्न जादैमा ठिक्क। आज भोलि त दाइले त्यो ट्रकवाला काम छाडेर यतै बसेकाले काठमाण्डौ चिन्न र घुम्न सजिलो भएको छ। आज पशुपतिनाथको मन्दिर गएको साच्चिकै त्यो मन्दिर परिसर स्वोर्ग जस्तै राम्रो आनन्दमय रहेछ। मन्दिर दर्शन गर्न लाइन बस्नु पर्ने, मन्दिर भित्र फोटो खिच्न मनाही रहेछ। बिहानमा डमरु र तालीको साथमा छम्म छम्म गर्दै भजनमा नाच्न पाइने, बेलुकामा सुमुधुर भाकामा संगीत सुन्दै आरती हेर्न पाइने, तालिहरु बजाउन पाइने, संख फुकेको हेर्न पाइने साच्चै कस्तो राम्रो। अशक्तहरुलाई दान दिन मिल्ने, परलोक भएकाहरुको शबलाई दाहासंस्कार गर्न मिल्ने, भर्खर बच्चा जन्माएर बच्चाको भविष्यको लागि भगवानको दर्शन दर्शनको लागि जान मिल्ने, चोरी त्यही हुने दान त्यही गर्ने, कोहिँ सोकमा रुने कोहिँ खुसीमा हास्ने, रमिता देखाउने रमिता हेर्ने बडो बिचित्रको मन्दिर रहेछ र पो मलाई हजुर बुवाले यी सबै डाडा काटेर गएपछि स्वोर्ग आउछ भन्नु भएको रहेछ। स्वोर्गमा पाप धर्म एकै साथ हुन्छ कि हुदैन त्यो त मलाई थाहा छैन तर मैले पशुपतिनाथलाइ संसारको पनि अर्को संसार धर्तिको स्वोर्ग(नेपाल) भनेर अर्थाउछु। आज हजुर बुवाको इच्छा पनि पुरा गरिदिएको छु। उहाको नाममा दर्शन सुनाइदि सके अनि हजुर बुवाको आत्माले शान्तिले पायोस् भनेर प्राथना पनि गरेको छु। तपाई जहाँ भए पनि सदै खुसि हुनु है मेरो आदर्श पुरुष, मेरो भगवान , मेरो हजुर बुवा।
दिनहरु व्यस्त रमाइलो गरि बितिराखेका थिए। एकदिन साझको कुरो हो। कालु दाइले टन्न रक्सी खाएर आएको रहेछन। दाइले रक्सी खाएको झोकमा मलाई सार्है गालि गरे, मेरो बेइज्ज गरे। मलाई भन्नु नभन्नु भने, पैसाको धाग देखाउन थाले। हुन् त दाइले मेरो बारेमा अरु मान्छे सित नराम्रो कुरा गर्दै हिड्छन रे भनेको नसुनेको पनि हैन तर मलाई पटकै अरुको कुरामा विश्वास लागेको थिएँन।
दाइले मेरो कमाइमा तैले यहा राज गर्ने
त मुला मेरो को पर्छ्स
त मेरो रूममा बस्न आइस मैले तलाई घरबाट हिड्छु भन्दा नहिड भनेको हैन।
न आमा पट्टिको न बाउ पट्टिको
मैले आफ्नोहरुलाई त मेरो रुममा लिएर राख्दैन त को होस् मेरोमा आएर बस्ने निस्किहाल अहिले नै निस्की छिटो भर्खर निस्की
त मुला जा …गेट आउट सुनेन्स गेट आउट
मन छियाछिया भयो, के गरौ के नगरौ भयो मुखमुखै लागेर मैले जित्नेवाला थिएन त्यही भएर चुपचाप लागि सुनिरहे सुनिरहे। अब बाहिर जाउ भने कहा जाउ यो बिरानो सहरमा त्यही भएर चुपचाप लागेर सुने। दाइ कराउदा कराउदै निदाए, मलाई भने छटपटी भयो आँखामा पटकै निद्रा परेंन जति सुत्ने कोसिस गर्दा पनि बारम्बार त्यही कुरा दिमागमा खेलिरह्यो। रुम भाडा आदाआदा थियो, राशन पनि आदाआदा नै थियो। रुमा हुने सबै खर्चमा बराबर भाग लगाएर पैसा तिर्ने गर्थ्यौ। बरु धेरै जसो दाइले आफुले ल्याउनु पर्ने सामान नलिएर मलाई लिन पठाउथे पैसा पछि दिन्छु भन्थे तर त्यो पैसा दिने दिन अहिले सम्म कहिले आएको थिएन। तर पनि मैले कहिले केहि भनेन तर दाइले मेरो दिल झिरैझिराले रोपेर रक्तामै बनाइदिए। मैले शुभम् लाइ मेरो रुममा खान बस्न दिएर पालेको छु भन्थे रे भनेको सुनेको थिए। आज बल्ल थाहा भयो अरुले नि सबै ठिक भनेका रहेछन। रुममा सबै बराबर थियो। मात्र त्यहा भएका सामान बाहेक सामानमा नि मैले पैसा दिन्छु दाइ तपाइको खर्च कतिलागेको थियो त्यो आदाआदा बनाउ भन्दा दाइले यस्तो सानोकुरामा मैले चित्त छोटाउदीन भनेर कुरा टारेका थिए तर आज आफ्नो भित्रिरुप देखाए।
अर्को दिन बिहान कति बेला उठेर दाइ बाहिर गएछन मलाई थाहा भएन। साथीलाई फोन गरे उसको स्कुटी थियो। मेरा सामान उसलाई दिएर मैले रुम नपाउने बेला सम्म तिम्रोमा राख्देउ है भनेर आग्रह गरे। साथीले हुन्छ भन्यो बरु तिमी पनि मेरोमा नै बस्दा हुन्न पछि रुम पाएपछि जानु भन्यो। मैले त्यस्तो समस्या पर्यो भने भनौला नि हुदैन भने अहिलेलाइ यति सामान राखेर सहयोग गर्देउ भने उसले हुन्छ भन्यो। मलाई अब कहाँ बस्ने के गर्ने केहि थाहा थिएन। मैले बेलुका दाइ आउने बितिकै सबैहिसाब किताब गरेर बाहिरिने निर्णय गरे। बेलुका भयो दाइ रुममा आए दाइलाई मैले हजुरलाइ अहिले सम्म मैले दिनु पर्ने पैसा कति होरे दाइ भनेर सोधे। दाइले केहि बेर हिसाब गरेर मलाई हिसाब बताइदिए। तलब आएको पैसा थियो त्यही पैसा दिए। दाइ म जान लागेको राम्रो संग बस्नु केहि अप्ठ्यारो पर्यो भने मलाई भन्नु दाइ अहिले चै म गए है। दाइले टुलुटुलु हेरेर बसे बोल्ने कोसिस गरे तर बोलेनन्। मलाई थाहा थियो मैले धेरैले भनेको सुनेको पनि थिए। मान्छे रक्सी खाएको बेला कहिलै झुटो बोल्दैन भन्ने त्यही भएर दाइको मन भित्रको कालोमैले देख्ने अवशर भगवानले चाडै पुरा गरिदिनुभयो। रुमबाट निस्केपछि म गेस्टहाउसमा गए अफिसबाट केहि दिनको लागि बिदा लिए। रुम खोज्न हिड्न लागे कहिले डल्लु, कहिले बागबजार, कहिले बानेश्वर, कहिले मैतिदेबी गर्दै काठमाण्डौका धेरै किराना पसल र घरहरु रुम खोज्दै हिडे यति धेरै रुम खोज्दा पनि रुम भेटिएन एउटा पनि भेटिएन। पाँच दिन रुम खोज्दा २ वटा रुम पाइए त्यही पनि आफुले भने जस्तो भएनन्। सबै साथीहरुलाई रुम खोज्न भनेको थिए तर कसैले पनि एउटा रुम भेटिएको कुरा गरेनन्। फेरी पहिले जागिर कहाँ पाइन्छ भनेर फोन गरेको दाइलाई फोन गरे।
दाइ रूम कसरी खोज्ने?
दाइले रुम खोज्नेको नम्बर उपलब्ध गराइदिए दाइलाई धेरै धेरै धन्यबाद दिदै फोन राखेर। फोन गरेको डल्लुमा एउटा रुम भेटिने भयो रुम खोज्नलाइ फम र सर्भिस चार्ग भनेर तिन हजार दिनु पर्ने रे त्यति पैसा दिएपछि बल्ल रुम भेटिने भयो। त्यो पैसा दिएर रुम पाए रुम म जस्तै मौन छ, म यसै संग कुरा गर्दै मेरा रातहरु बिताउछु। सुरुमा केहि सामान थिएनन् पहिले आधारभूत आवश्यकताहरु मात्र पुरा गरे पछिपछि बिस्तारै सबै सामान एकएक गरेर जोड्न थालेको छु। अहिले म निकै खुसि छु। जब पनि राम्रै चलेको छ मलाई प्रमोसन पनि छिटोछिटो मिलेको छ त्यसैले म अहिले कम्पनिको अप्रेशन म्यानेजर बनि सकेको छु। बस्नलाइ रुम छ, पढ्नलाई कलेज, कुरा गर्नलाई घर परिवार र प्रियसी छ अहिले जे छ सबै ब्यालेन्स छ। अस्तिमात्र त्यो दाइलाई १५ हजार पैसा चाहिएरको रहेछ फोन गरेका थिए। पैसा दिएर पठाए बैगुनीलाई गुनले मार्दै छु। अब तपाईहरु आफै भन्नुहोस् स्वार्थी मान्छेकी काठमाण्डौ रहेछ???
– भरत खत्री
धुर्कोट-३ हाडहाडे गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )