छन्द कविता : म राज तन्त्र देशको

~रिजाल किरण~

छन्द : प्रमाणिका

छ अन्धकार ब्यापक
मडारिदै छ आफत ।
निखार लौन ईश्वर
बनेर केहि तागत ।।

झरी बनेर बग्दछन्
ब्यथा सहेर चल्दछन् ।
हजार भोक आतमा
नयाँ विहान खोज्दछन् ।।

सुगन्ध ती फिजाउने
हराभरा बनाउने ।
लुटे नि लौन ईश्वर
छ देशमा गनाउने ।।

विदेह भो नि देहयो
उभ्याउ के गरिनियो ।
म पाइ एक शक्ति त्यो
हलाइ दिन्छु भीर जो ।।

वियोग नै वियोग भो
अतीत नै त बेस हो।
म राज तन्त्र देशको
हुत्याइ दिन्छु शेष यो ।।

-विराटनगर -१

सम्पादक : प्रमाणिका छन्द जम्मा ८ वर्णको हुन्छ । {लघु गुरु लघु गुरु लघु गुरु}

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.