~शर्मिला श्रेष्ठ~
छन्द : तिल्जे
दिलमा मसक्कै, छायौ कसोरी
बदनाम झेली, आयौ कसोरी ?
पिरती लगाई, बेहाल भैयो
मुटुमै लुकेको, पायौ कसोरी ?
छिनमा विशालै, आकाश पाई
धरती समाई, दायौ कसोरी ?
शिखरै चुलिन्थ्यो, देखी गुराँस
पगमा रहेरै, लायौ कसोरी ?
हिउँ झैं कठोर, तिम्रो मनै त्यो
मयनै पगाली, धायौ कसोरी ?
छन्द : तिल्जे
गण : स य त गु गु
सूत्र : llS lSS SSl SS
विश्राम : ६ अक्षरमा
– ललितपुर,भैंसेपाटी
हाल : परदेश ।