~सदानन्द अभागी~
तिम्रो चुरा बजे पछि मेरो निन्द्रा खुल्यो सानु
आकर्षक शरीरले मेरो मन डुल्यो सानु
मान्छे हेर कति छुचो आँखा तानी तानी हेर्छ
दर्शनमा विह्वल भै यो मन मेरो झुल्यो सानु
आकाशका ताराहरू टिम टिम टल्के सरी
मोती दन्त तारासरि रूप साह्रै तुल्यो सानु
भावनाको लहरमा कतिसम्म बगी बस्ने
प्रेम दान महादान ऋण सबै सुल्यो सानु
तिमी मेरी म त तिम्रो सम्झनाको रोग छोडौं
रोगी भोगी मिले पछि सबै दुःख भुल्यो सानु
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )