~दीपक कुमार ज्ञवाली~
भो म त बस्दिन यो फोहारको डुङ्गुरमा ।
मलाई चाहिन्छ प्रकृतिको सुरम्य सुभाष ।
कहाँ गयो मानिसको दिलमा मानवियता ।
कहाँ गयो नेपालीको त्यो सहृयसद्भाव ।
१
मानिसले मानिसलाई गर्ने ईश्वरीय सत्कार ।
मानिस देख्दा ढोका धुन्नुपर्ने भयो व्यवहार ।
कस्ले रोप्यो विष बृक्ष सभ्य समाजमा ।
मानव देख्दा मानव डराउने भयो समाज ।
२
भो भो नजुदाऊ एकआपसमा मानिसलाई ।
किनगर्छाै विभेद मानव, मानिस मानिसमा ।
प्रकृतिको वरदान हुन् जिवजन्तु बोटबिरुवा ।
प्रकृतिलाई नमासौं लोप हुनेछ नियम ।
३
स्वच्छ हावापानी खाना जिवको अधिकार ।
नराखिदेऊ फोहर त्यसमा विष बारम्वार ।
बाटो हिड्दा स्वागतगर्छ धुलो धुवा ले ।
बाटो हो कि कान्लाकान्ली दीक्क खाल्टो ले ।
४
पानी छैन घरघरमा कहाँ छ मानवअधिकार ।
खुलेकाछन् छ्याप्छ्याप्ती कलेज अस्पताल ।
कलेज अस्पतालका मालिक समाजवादका ।
भताभुङ्ग सरकारी स्कूल कलेज अस्पताल ।
५
भो भो नगर कुरा सुखि र समुन्नतका ।
कस्ता थियौ कस्ता भयौ मुख हेर ऐनामा ।
भो भो मलाई बस्न देऊ प्रकृतिसंगसंगै ।
चाहीएन पश्चगमन अग्रगमनको नाममा ।
६
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )