~अमृत सिङ थिङ~
भेना हरायो साली हरायो
छैन गोठालो बाली हरायो
छानो खोज्न छोरा शहर पस्यो
यता घरमा पाली हरायो
बाउले छोड्यो आमाले छोडिन
छोरा छोरीको मावली हरायो
कृषिमा निर्भर देश मेरो
किसान छैन आली हरायो
फुललाई बैँस लाग्न थालेसी
बगैंचा भित्र माली हरायो
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )