~सिमियोन रोक्का~
आज बिहान उठे
सधा झै फेसबुकको वालमा हेरे
जडिया बुवाको ब्लाक इन ह्वाईट फोटो राखिछौ
“लव यू ड्याड” मुनी लेखिछौ ।
अचम्म लाग्यो,
चियाको चुस्की लगाउदै थिए
एउटा बुढो अनुहार म नजिक आयो ।
केही पाउछु भन्ने आसामा होला शायद
अनुहारमा हेरी टोलायो
मैले आफु संग भएको केही चानचुन हातमा थमाए
जसलाई लिएर मुस्कान साथ ति बाजे रमाए
कसैले भने, के गर्नु दिएर,
रक्सी खान्छ अब भट्टी गएर
सबै जना छन, धन सम्पत्ती कमाउने
तर छन आफ्नै संसारमा रमाउने
एउटा छोरी छ, अष्ट्रेलियाको बाटो ताक्दै
बौ हिड्छ यसरी बाटो बाटोमा माग्दै
यी बुढाले सन्तानको लागि महल बनाए
त्यही सन्तानले यिनलाई माग्ने बनाए
आज बिहान उठे
सधा झै चिर परिचित साथीको वालमा हेरे
त्यही जडिया बुवाको ब्लाक इन ह्वाईट फोटो राखिछौ
“लब यू ड्याड ” मुनी लेखिछौ
अचम्म लाग्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )