~रिजाल किरण~
बहर : मुतकारिब मुसम्मन सालिम
कयौं चोट खेपी ,म हाँसी रहेछु
सधै घाउ सेकि ,म हाँसी रहेछु ।
अहोरात मेरा डुबेको नयन यी
छुपाएर केही म हाँसी रहेछु ।
सराबी बनायौ ,पुजारी भएथे
डुबायौ नि ठेली ,म हाँसी रहेछु ।
दिलै यो बनायौ हजारौं चिरामा
सुरा मात्र हेली ,म हाँसी रहेछु ।
मदानी बनेछौ सधै चोट लाग्छ
बनेरै त ठेकी ,म हाँसी रहेछु ।
धन्यवाद ।
ठेगाना :-विराटनगर -१
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )