~इलामेली टीकाराम दुलाल~
म भित्र पनि त छन खुसीहरू फुल्न नसकेका
रहरहरू छन चाहानाहरू छन भुल्न नसकेका
यत्रतत्र आवेगहरू संवेगहरू कति हो कति छन
आशाका हजारौ ढोकाहरू छन खुल्न नसकेका
टुसाउन लाग्दा पैतालाले किचेको बेर्ना जस्तै छु
र त दु:खका पहाड छन अनेकन धुल्न नसकेका
आँसुले त वर्षात मात्र दिन्छ सितलु वादल दिदैन
ब्यर्थ छ खै जो धानका बाला छन झुल्न नसकेका
तर पनि रमाउछु हास्छु संसार हेरर म त किनकी
मेरा निर्दोष नयनहरू छन खुसी बटुल्न नसकेका
इलामेली टीकाराम दुलाल
२०७५/०४/२८ रोज ३
नक्साल, काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )