~नविन ध्यार~
यहाँ आफ्नै श्रीमती पनि, कहिले यौन शोषणमा हुन्छ,
घरमै श्रीमती भएपनि, लोग्ने परस्त्रीको पोषणमा हुन्छ ।
दुःखको मूल्य आशुको धार्नी–बिसौलीमा नजोख
मनुष्यको पिडा भन्ने कुरो पनि, मनको रोदनमा हुन्छ ।
कसैलाई गोरो मनपर्छ त कसैलाई कालो
वर्णमा विभेद देखिने पनि, हेर्नेको लोचनमा हुन्छ ।
बुहारीले दिनभरी जति कामधन्दा गरेपनि
दृष्ट सासुको नजर,वेलुकीको भोजनमा हुन्छ ।
लोग्नेले जध््यमा जति सुख दिने वाचा गरेपनि
कहानी रक्सी खाएपछि ,मातको कथनमा हुन्छ ।।
नविन ध्यार
वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
एम्.बि.बि.एस. (दोस्रो वर्ष)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )