कविता : आऊ लिएर सक्कली मुहार

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अनन्त यात्रा जिवनको जङ्घार
पार गर्नु छ कठिन कष्ट हजार
खोज्दछु युधिष्ठीर भेटीन्छन् दुर्याेधन
भैरहेको छ जगतमा हिंसा बलात्कार
को छ र यहाँ एकल कृष्ण भगवान्
कसलाई पूकारुँ भन्दै करुणा निदान
तयार हुन्छन् कंश रावण बन्नलाई
तयार हुन्नन् सत्मार्ग अपनाऊनलाई
कष्ट हजार ब्यबधान छन् हजार
देख्छु मुहारमा कंश रावणकै अनुहार
उद्दण्ड पाखण्डी बन्न छन् तयार
यस्तो ब्यबहारले कस्तो बनाऊला समाज
रहने भएनन् चौतारी देउरालीका जमिन
रहेनन् अब पाटी पौवा सुस्ताउने मानिस
मासीए गौचरन उत्खनन् ढुँगा बालुवा
ठनक्क ठनक्क काटेर गर्दैछन् जीवन गुजारा
पर्यावरण मासेर होला विकास
सुके ईनार धारा काकाकुल मानिस
क्े हो गुठी ,समाज , बुझ्दैन सरकार
जसले हडपेकाछन् उसैलाई दिन हतार
भो भो नमास धर्म सँस्कृतिकोे पाटो उज्यालो
साँस्कृतिक क्रान्ति नै गर्ने भए मुकुण्डो उतार
छन् आराध्यदेव ठडीएका शिर उँचो बनाई
सक्दैनौं भेदन गर्न एकता नेपाली समाज
बुझ्दैछन् तिम्रा चाल चलन ब्यबहार
अभिष्ट रहेछ मास्ने धर्म सँस्कृति सँस्कार
हुँदैन हँदैन बस्न तिम्रो बिचार यो मुलुकमा
लैजाऊ तिम्रो पाश्चात्य दर्शन बिचार
यथेष्ट छ हाम्रो मुलुकको सँस्कृति सँस्कार
त्यसैल्ो बनायो सिकायो सँस्कृति सँस्कार
अब उतार उतार मुकुण्डो खुईलीयो खप्पर
प्वालैप्वाल परेर उजागर कुत्सित बिचार
धर्म दर्शन नीतिका कथा ,छन अनेक पुराण
बाँधेकाछन् मानव जिवनमा चलन सँस्कार
मिल्काएर त्यसलाई अपनाउने कुन धर्मसँस्कार
मेटाऊँन सक्दैनौं हनुमान ढोकाको सँस्कृति सँस्कार
तिमी बौद्ध कि क्रिश्चियन या मुसलमान
गर्छौ किन हनुमानढोकामा ईन्द्रको दर्शन
आस्तिक हौ कि नास्तिक उघार कपटी मुहार
छिनोफानो गरौं तिमी आस्तिक कि नास्तिक
तरिदैैन दुई डुँगामा राखेर पयर
प्रकट होऊ लिएर सक्कली मुहार

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.