~लक्ष्मी बिष्ट~
गयो गयो गयो हजुर, दीन ढल्केर
आउँदैन रे फर्केर, आउँदैन रे फर्केर
बसेँ म त कालै पर्खेर, बसैलाई हेरेर, मनको इच्छा मनमै पालेर
स्वार्थी यो संसारमा, लैजानु छ के नै, बुनेर
भरिया नै बनायो, भरिया नै बनायो,
सेवा सधै आफ्नो ठानेर, बाँकी जीवन हेरेर, ब्यार्थ रहेछ ताना बुनेर
फाँट्यो फाँट्यो फाँट्यो हजुर, जीवन चर्केर
गाँसिदैन तन्केर, गाँसिदैन तन्केर
यथार्थमा टेकेर, झुठा ताना बोकेर, गाह्रै पर्ला जीवन जीउदै बाँचेर
मडारीएको बादलुमा, अब बाँकी के नै छर यहाँ, झुलेर
भेटिदैन खोजेर भेटिदैन खोजेर
अध्यारोमा टुकी बालेर, टुट्यो दोष दिएर, जिवनको डोरी भारी बोके
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )