~झाँक्री खोले~
हिजोआज निकै मान्छे बाड्डो शैली रुचाउँछन्
सोझो वृत्ति नमानेर टेढिँदा दुःख पाउँछन् ।। १
नजानेर सधैं बाड्डी टेढिनाले भयानक
सास्तीपीडा खापिरन्छन् फन्दा पर्छन् अनाहक ।।२
सोझो बन्दा कतै एक प्रहार खप्छ जीवन
बाड्डे बुज्रुकले पाए टेकेपिच्छे प्रताडन ।।३
आततायी र वाचाली छट्छु हुन्नन् कसै ठीक
गुर्भे गोमनमा लठ्ठी बज्रिन्छ वृत्ति माफिक ।।४
सत्य छल्ने लिई स्वार्थ टेढो अर्थ बुझाउँदै
ऋषि नारद चिप्लिन्थे बाड्डा पोल सुनाउँदै ।।५
जसै पोल सबै खुल्थ्यो भागेर गीत गाउँथे
निर्वासित बनी एक्ले एकतारे बजाउँथे ।।६
बाड्डो सड्ढेत ढाँट्नेको बेइमान छली छुरा
सोझो डोरी बटारेको दाम्लो नेल उही कुरा ।।७
बाड्डो गिद्द छिर्यो झम्टी वायु वेगी विमानमा
बाड्डा जालीहरू पर्छन् कर्मले जेलखानमा ।।८
“दुष्ट मारिन्छ” को सोझो निर्देशन जहाँ पुग्यो
अवज्ञा नगरे हुन्छ बाड्डाको अवधि पुग्यो ।।९
राजा बाड्डो हुँदा अस्ति सोझो क्रान्ति चलीरह्यो
नागार्जुन गए राजा जनक्रान्ति धनी भयो ।। १०
वक्राड्डा जीव छन् केही सोझो गुन लगाउने
उन्नत श्रोत पाइन्छन् सत्यको नमुना हुने ।। ११
रेडियो घडि बाड्डै हुन् सोझा शब्द तरड्डले
बा“ड्डेको नाम थामिन्छ ज्ञान गड्डा उमड्डले ।।२३
सोझाको कीर्तिमा पर्दा बाड्डो सुन्दर देखिने
बाड्डा बन्दुकको अर्थ गोली छोडे पछि हुने ।। २४
सोझा डण्डी र गोलीले बाड्डा दुश्मन काबुमा
तन्काएर थिची राख्छन् बाड्डो सोझ्याइ सामुमा ।।२५
बाड्डो गिटारको तार सोझो बन्दा बज्यो धुन
ध्वनी शब्द र सड्ढेत सोझै जान्छन् मुटु छुन ।। २६
कविता, गीत, वक्रोक्ति, सोझा वाण चलाउँछन्
भ्रष्ट सामन्तका स्वप्ना निद्राबाटै गलाउँछन् ।। २७
सोझा वाण गइ छेड्छन् छाती, कञ्चट, तालुमा
तारो सोझिन्छ सामन्ति चितुवा बाघ भालुमा ।। २८
सोझो विश्वासले मात्र संघ, संस्था, उदाउँछन्
हात्ती नत्था समातेर माउतेले कुदाउँछन् ।। २९
सोझो निर्दिष्ट सड्ढेत बाड्डो चुक्ली विभाजित
सत्य हार्दैन सोझाले बाड्डो खेल पराजित ।। ३०
चड्डा चौकोण सोझिन्छन् उड्दै स्वर्ग सजाउँछन्
बाड्डा हल्लुण दोब्य्रेका सुक्तै सिद्रो गनाउँछन् ।।३१
काल बाड्डो भएकाले तुच्छ गाली खपिरह्यो
सोझा मानिसको आयु घटाइ पातकी भयो ।।३२
०६८÷११÷१२