तिजी गीत :घुम्टो उघारौँ

~आविष्कार कला~

सिमानामा बाँध होइन काडेँतार लगाइदेऊ
सरकारले डुबानको चिन्ता भगाइदेऊ ।

निजीकरण मौलाउदैछ समाजवादको यात्रामा
शिक्षा स्वास्थ्य निःशुल्क त गाईजात्रामा ।

समाजवादको यात्रा भनी सरकार कता जादैछ
महँगी र भष्टाचारले जनताको मन खादैछ ।

मेची देखी महाकाली सुन फल्ने ठाउँमा
छिमेकीको ठुला बाँधले डुब्यो गाउँ गाउँमा ।

बेहाल सधैँ बनाउदैछ छिमेकीको छुरीले
उसका बाँध हटाइदेऊ बाढी अनि हावाहुरीले ।

देशका युवा निर्यात गर्न सम्झौता गर्दैछन
तरकारीको विषादीले जनता मर्दैछन ।

विकासको नाममा पहाडलाई चिरेर
बस्ती सारा उठायो पहिरोले गाउँ छिरेर ।

धन कमाउने आशामा उड्दै जान्छन् आकाशमा
मरुभूमिले ज्यान लिई आउँछन् बाकसमा ।

देशका भविष्यलाई नपठाउ विदेशमा
यही माटोमा सुन फलाऊ हामी स्वदेशमा ।

विश्वभर विकासको नयाँ लाली छाउँदा नि
नेपालको उही हालत दुई तिहाइ आउँदा नि .

हिमाल पहाड तराईका सबै जनता पुकारौँ
सबै खाले बेथितिको घुम्टो उघारौँ ।

– मल्लरानी ३, प्यूठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.