~सदानन्द अभागी~
विकासको भाषण गर्न कुर्सी अघि पर्छौ नेता
आठ दल मात्रै सर्बेसर्बा बन्दै अहङ्कार भर्छौ नेता
शान्तिज्योति निभाउँदा अशान्तिले छो यो आकाश
समाधान गर्नु कतै छैन भाषण मात्रै गर्छौ नेता
स्वायत्तशासन मीठो भाषण चारैतिर गुञ्जिदैछ
स्थायी शान्तिमार्ग कता–कता बिवादमा सर्छौ नेता
विनासोचको बीज रोपी अङ्कुरण हुँदै गाछ
संसद घेरी नाराबाजी आगोमा घिउ छर्छौ नेता
अब सक्छौ देश बनाऊ सारा शक्ति खर्च नेता
कुर्सी छाड बाटो देऊ किन सुख्खा जाँगर तर्छौ नेता
सदानन्द अभागीको समभोग–समाधि गजलसङ्ग्रहबाट
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )