~आशांक उपाध्याय~
एकान्तको अन्धकारमा आयौ तिमी रात सुन्दरी !
मुस्काउदै आयौ तिमी हल्ल्यो मनको पात, सुन्दरी !
मुस्काउदै आयौ अनि मेरै छेउमा बसी थुचुक्क !
हात मेरो समाएर थाल्यौ मार्न बात, सुन्दरी !
चंचल बोलि वचन तिम्रो लोभ लाग्दो हाउभाउ !
गाज़लु ति नयन तिरले लाग्यो मलाई मात, सुन्दरी !
नि:शब्द नै भएँ म त तिमी गईछ्यौ पत्तै पाईन !
न त मैले सोधें नाम न त तिम्रो जात, सुन्दरी !
एकान्त मै टोलाएर तिम्रै यादमा डुवीरहेँ !
आफ्नै भूल सम्झिएर जल्यो मेरो आँत, सुन्दरी !
पल मै आयौ मेरो सामु पल मै थाम्यौ मेरा हात !
निमेष भर मै आशा दिलाई गर्यौ किन ? घात, सुन्दरी !
– सर्लाही, जनकपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)