~कौशिला रिसाल~
आउ न एकैछिन देख्न मन लाग्यो
परेलीमा बगे आँशु छेक्न मन लाग्यो
जरुर मैले भनेको मान या नमान
त्रि्रै लागि दर्ुइ शब्द लेख्न मन लाग्यो ।
हेमन्तको शुष्क शुष्क चिसो बतास सरी
एक्लै काटिराछु जीवन म त कठै बरी
यदि कोही साथ दिन तयार भए मलाई
सिन्चिदिन्छु मुटु उसको चोखो प्यारले भरी ।।
सधैभरि तिम्रै वरिपरि हुने मन छ प्रिय
मुस्काएर अधर तिम्रो छुने मन छ प्रिय ।
आफू हराएर पनि तिम्रै खुसीका लागि
आफ्नै आसुले मुहार धुने मन छ प्रिय ।।
आकाशजस्तै माथि उठ्नुपर्छ अब म
देशका खातिर समुद्रझैँ जुट्नुपर्छ अब म ।
घामजस्तै उज्यालो, विकास लिएर काखमा
गाउँको दुर् दुर् कुनामा पुग्नुपर्छ अब म ।।
जोगिएर हिड्न खुब सिकायो, मलाई गाउँले
सहरमा हैसियत राम्रै बिकायो, मलाई गाउले ।
कसरी सक्छु बिर्सन त्यो प्यारो गाउलाई
स्वार्थी दुनियाँमा सधैं टिकायो, मलाई गाउले ।।