गीति कविता : सुन मेरा पीर व्यथा

~श्रीपुरुष ढकाल~

सुन्न सक्छौ भने मात्रै
सोध मेरो जीवन कथा
सहन सक्छौ भने मात्रै
सुन मेरा पीर व्यथा ।

धेरै चोटि जिन्दगी यो
टनटनी दुःखेको छ
आफ्नाले नै जलाउँदा
भत्भती पोलेको छ
हेर्न सक्छौ भने मात्रै
हेर मेरा दुःख अथाह
सहन सक्छौ भने मात्रै
सुन मेरा पीर व्यथा ।

मैले हाँस्ने हाँसोभित्र
नियालेर हेर्यौ भने
आँसु मात्रै भेट्छौ तिमीले
गहिरिएर खोज्यौ भने
पुछ्ने आँट भए मात्रै
पुछ मेरा चिसा आँखा
सहन सक्छौ भने मात्रै
सुन मेरा पीर व्यथा ।

श्रीपुरूष ढकाल
सानेपा, ललितपूर

(स्रोत : मधुपर्क २०६८ पुस)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.