~अनन्त लम्साल~
छाती भित्र घाउ उस्तै उदास-उदास आँखा होलान्
आँधी जस्तै यी सुस्केरा पक्कै मेरा बा’का होलान्
बा’का स्वप्न कुल्ची हिँड्दा थाहा थे’न बुझेँ आज
भन्नुहुन्थ्यो ‘बाबु भोलि तेरा पनि छोरा होलान्’
मेरो झुप्रो जलाईँदैमा बदलिन्न मुलुक सरकार
उही एक-दुई छिमेकीका घर-आँगन उज्याला होलान्
आफू हिँड्ने बाटो मैले आफैँ कोरी हिँडेपछि ,
मेरो बदनाम गर्दै हिँड्ने तिनै कथित द्यौता होलान्
धज्जी काड्नु पहिले नै सोच्ने गर्दे ए गरिबी
यिनका कोही रानी होलान् यी कसैका राजा होलान् !