गजल : मनै खिन्न बनाउनलाई

~आशांक उपाध्याय~

किन आउँछ तिहार पनि मनै खिन्न बनाउनलाई
घरमा बल्ने दियो पनि यहाँ आउँछ जलाउनलाई

माया पनि बढ़ने रैछ आफन्तको यति बेला
माफी माग्छु सबैसँग आइन तिहार मनाउनलाई

दिदी तिम्रो हातको टिका छूटने भयो यसपाली नि
नामान्नु है दु:ख दिदी पाईन टिका लगाउनलाई

सयपत्री मखमलीका माला तिमीले नउन्नु है
आउने छैन तिम्रो हातको माला पनि लगाउनलाई

दौतारीलाई सुनाइदिनु आउँदैन साथी भनी
छुट्ने भएँ तिमीसँग धेउसी भैलो गाउनलाई

धेउसी रे को धुनले पनि मनै उदास बनाउछ
याद पनि किन आउँछ एक्लो आभाष दिलाउनलाई

किन आउँछ तिहार पनि मनै खिन्न बनाउनलाई
घरमा बल्ने दियो पनि यहाँ आउँछ जलाउनलाई

– सर्लाही, जनकपुर, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.