~एकादेशको गगनराज~
सबै भन्छन् जीवन क्या आहा छ मैसा’पको।
कर्तुत केबल मलाई मात्र थाहा छ मैसाप’को।
ढुकढुकीमै राखेपनि, परेलीमै राखेपनि,
स्वतन्त्र र अबोध् एउटा चाह छ मैसाप’को।
यति विश्वास के गर्थें म आफ्नै प्रान जीबनको त
लाग्थ्यो जुन घाममा पनि निगाह छ मैसा’पको।
बाचा,कसम् कती गर्येउँ सङ्गै जिउने,मर्ने तर
अर्कैसङ्ग आज शुभ-बिबाह छ मैसा’पको।
भन्न त भन्थे मलाई,पागलहरु भन्ने गर्थें
‘गगन’ फस्ने भयो रुप अथाह छ मैसा’पको।
एकादेशको गगनराज
गजलशिविर, राजधानी