~प्रकाश लामिछाने~
आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै
नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै
लोकतन्त्र जोकतन्त्र भो, हाँस्ने खुराक के चाहियो र !
चौतारीमा चिया खाँदै, फोश्रा गफ चुटौँ आजै,
एकजुट हुँदा गुट भन्लान्, भिन्नतामै पहिचान खोजौँ,
राष्ट्रियता बेकार गफ हो, जात–जातमा टुटौँ आजै,
मैले खाए पुगिगो नि, अहिलेलाई यत्ति बुझौँ
किन चाहियो धेरै विवेक, हाँडीभित्र भुटौँ आजै,
कोहि भन्लान् मनमनलाई राष्ट्रियताले खुटौँ आजै,
अरुको कुरा नसुन्नु है ! यत्ति भन्दै छुटौँ आजै,
आउनुस् हामी सबै मिली यो देशलाई लुटौँ आजै
नेपाल बन्द गरिहालौँ, बटुवालाई कुटौँ आजै
2071-12-26
(स्रोत : रचनाकारको ब्लगबाट सभार)