~कौशिला रिसाल~
आमाले कोक्रो हल्लाउँदै बुनेका
सन्तानको भविष्य
बाबुको हलोको सियोले
थामेको तिनको चाहना
मानौँ , कुनै वैङ्कको एटीएम कार्डजस्तै हो
सरकार श्रमको विज्ञापन गरिरहेछ
चुरोटको धुवाँ उडाएजस्तै !
नदेखिएरै उज्यालाका कुनै रङ
नभेटिएरै खुसीको गोधूली
चिप्लिरहेछन् चिप्ला पाङग्राजस्तै
नानीहरूका उज्याला भविस्य ।
सपनाको शिखर उक्लन
मैले तिनका भविस्यको भर्र्याङ् चढ्नु छ
कल्पनाको महल उठाउन
मेरै पैतालाको माटो चाट्नु छ
आगाका लप्काहरू
मैतिर सोझिदै छन्
म आगो निल्ने मान्छे
कसरी तुहिन सक्छ मेरो
संघर्षको पहाड
यथार्थका ज्वारभाटा समाएर
तिनको मौनतालाई भाच्नु छ
निराशाको काचुली फेर्न
म बाच्नु छ
युगौ युगसम्म ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक)