~इश्वरी घिमिरे ‘ईश्वर’~
हराएछ कान्ति अनि पुछिएछ शीर कठै !
बिधवा भई बाँचदा मनमा पर्ला कति पीर कठै !
हेप्या देखेँ एक्लो हुँदा तिमीलाई दुनियाँले,
खडा गर्छन् जोकोहीले मुलबाटोमा भीर कठै !
हार गुहार, सरसहयोग गरिदिनु त परै जाओस,
थिचोमिचो गर्न सधै वल गर्छन् बीर कठै !
समाजको त जातै यस्तो निर्धोलाई हेप्नै पर्ने,
आफन्तैले ताकि हान्छन् मुटु माझ तीर कठै !
आफ्नो मनका पीडाहरु ‘ईश्वर’ ले त बुभ्mला भन्दै,
झुपडीमै मुटु मिच्दै भईराछ्यौ स्थीर कठै !
– इश्वरी घिमिरे ‘ईश्वर’,
तेलिया–६, धनकुटा