~अलका मल्ल~
सानी सानी कान्छी मेरी
बोल्छे सधैँ दिती भनी
कहिले भन्छे स्कुल जान्न
कहिले टिफिन लान्न
रातो पिरो गाला उस्को
सूर्यमुखी मुहार जस्तो
सधैँ तोते तोते बोल्छिन्
म्वाइँ खाऊँ झैँ गर्छिन्
सानी छे पुतली जस्ती
कुरा गर्छे जेठी बाठी
सानी सानी परी मेरी
बत्तिस लक्षणले युक्त भएकी
-कान्तिपथ, काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )